६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

सियारी गाउँपालिकाका किसानहरुलाई ४८ लाख बढी अनुदान रकम वितरण



रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाले पालिका भित्रका पशुपालक किसानहरुलाई अनुदान रकम दिएको छ ।

व्यवसयिकरुपमा गाई र भैंसी पालन गर्दै आएका ५० जना किसानहरुलाई ४८ लाख ८७ हजार चार सय अनुदान रकम वितरण गरिएको गाउँपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख गणेश खनालले बताए ।

गाउँपालिका भित्रका वडा नं. ४ र ५ का किसानहरुले पशुको ४४ लाख १८ हजार र विभिन्न उपकरण तथा समाग्री वापतको ४ लाख ६९ हजार चार सय रुपैयाँ अनुदान रकम पाएका हुन । जस अन्तर्गत लागत सझेदारी कार्यक्रम तथा त्रिपक्षिय सझेदारी कार्यक्रम संघिय सरकारको २४ लाख ५२ हजार सात सय र गाउँपालिकाको २४ लाख ३४ हजार सात सय अनुदान रकम रहेको छ ।

अनुदान प्राप्त गर्नका लागि किसानले कम्तिमा पनि दुई वटा गाई वा भैंसीे पाल्नु पर्ने र समुह बनाउनु पर्ने हुन्छ । गाउँपालिकामा अहिले १०/१० जनाको ५ वटा समुह रहेको छ । गाउँपालिकामा लागत सझेदारी तथा त्रिपक्षिय सझेदारी कार्यक्रम लागु भए पछि समुह बनाई किसानलाई विभिन्न किसिमका तालिम, उपकरण वितरण, औषधी उपचार लगायतका कार्यहरु गर्दै आएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए ।

अनुदान रकम लिएका किसानहरुलाई रकमको सहि ठाउँमा प्रयोग गर्न गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले आग्रह गरे । लागत सझेदारी कार्यक्रम अन्तर्गत गाउँपालिकाले पशुपालक किसानहरुलाई १४ वटा इलेक्ट्रिक च्यापकटर, ६० वटा काउम्याट वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिन प्रसाद भट्टराईले बताए ।

गाउँपालिकाले गाई गोठ सुधार, बाख्रा गोठ सुधार, कुखुरा खोर सुधार तथा पोखरी निर्माण, विभिन्न कृषि यन्त्र वितरण लगायतका कृषि, पशुपक्षी, तरकारी तथा मत्स्यसंग सम्बन्धित किसानहरुलाई अनुदान प्रदान गर्दै आएको उनको भनाई छ ।

अनुदान वितरण कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष श्री प्रसाद श्रेष्ठ, वडा नं. ५ का वडा अध्यक्ष थम्मन बहादुर पौडेल, गाउँपालिकाका कर्मचारी न.सु. चिरन्जीवी गौतम लागएतले किसानहरुको समस्य समाधानका बारेमा बोलेका थिए ।

गाउँपालिकामा अहिले बच्छी हुर्काउने कार्यक्रम अन्तर्गत बच्छीको जन्मदर्ता गरिदिने राम्रो संग पालन गरे १० हजार अनुदान दिने तथा विमा, औषधी उपचार गरिदिने ब्यवस्था यस अघि देखि नै गाउँपालिकामा कार्यक्रम लागु गरिएको गाउँपालिकाले जनाएको छ ।

 

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : ४५ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस