२६ आश्विन २०८३, सोमबार | October 12, 2026

तपाई टाइट जीन्स लगाउनुहुन्छ ? यस्ता रोग लाग्न सक्छ



एजेन्सी । अर्कोपालि जीन्स पाइन्ट किन्दा आफूलाई सजिलो हुने नै छानेर किन्नुहोला । फेशन देखाउनका लागि शरीरलाई कष्ट हुने पाइन्ट नलगाउनुस् ।

जीन्स किन्दा जहिले पनि लगाएर अलिकति झुकेर हेर्नुपर्छ । तपाईंको खुट्टा चलाउन कत्तिको सजिलो हुन्छ र तिघ्रा अनि नितम्बलाई सजिलो हुन्छ कि हुँदैन, सबै विचार गर्नुपर्छ । सानो साइजका लुगा कहिल्यै लगाउनु हुँदैन ।

यो लगाउँदा तपाईंको शरीरलाई हानि पुग्छ । भुँडी ठूलो भएका अनि बोसो लुकाउनका लागि कम्मरमुनि जीन्स (लो वेस्ट जीन्स) लगाउने मान्छेले स्वास्थ्यलाई हानि गराउँछन् । अब फेशनका लागि त यस्तो जीन्स राम्रै देखिएला तर यसको दीर्घकालीन असर नराम्रो हुन्छ ।

हामीले लगाउने कपडाले हाम्रो शरीरको आकार निर्धारण गर्छ । भुँडीको बोसो लुकाउनका लागि टाइट जीन्स लगाउँदा बोसो माथि सर्छ र जम्मा हुन थाल्छ । अनि त तपाईंको शरीरले अनौठो र असाधारण आकार लिन थाल्छ ।

महिला र पुरुष दुवैले टाइट जीन्स लगाउनु ठीक हुन्न । धेर टाइट जीन्स लगाउँदा पुरुषको अण्डकोष बिग्रेर उनीहरू नपुंसक हुन पुग्छन् । टाइट जीन्सले नसा र मांसपेशी पनि खराब बनाउँछ ।

चिकित्सकहरूले कम्पार्टमेन्ट सिन्ड्रोम भनी चिनाउने रोग पनि टाइट जीन्सका कारण लाग्छ । यसले गम्भीर आन्तरिक रक्तश्राव गराउँछ र मांसपेशी फुलाइदिन्छ । हिँडडुल गर्नै अप्ठ्यारो गराइदिन्छ ।

टाइट जीन्सले मृगौला पनि ड्यामेज गरिदिन्छ । चिपिक्क टाँसिएका जीन्सले तपाईंको सौन्दर्य बढाउनुपर्नेमा तपाईंको आकार नै बदल्न थालेमा तपाईं तत्काल सचेत हुनुपर्छ । शरीर भनेको प्रकृतिको राम्रो उपहार हो र हामीले यो जस्तो छ त्यस्तै रूपमा स्वीकार्नु जरूरी छ । आफ्नो शरीरलाई माया गर्नुस् ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : ५१ बजे

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि

२१ सयले सस्तियो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई