१ पुस २०८२, मंगलबार | December 16, 2025

माओवादी केन्द्र स्थायी समितिको बैठक जारी, एमालेमा खुलेका नेताहरुमाथि कारवाही हुनसक्ने



काठमाडौं । संसदको बैठक सुरुहुनु अघि नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ।

पार्टीको निर्णय बिपरित ओली नेतृत्वको एमालेमा खुलेका नेताहरुलाई सोधिएको स्पष्टिकरण र संसदमा प्रस्तुत हुने रणनीति तय गर्न माओवादी केन्द्रको स्थायी समितिको बैठक बसेको हो । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ ।

बैठकले आन्तरिक संगठन निर्माण, अनुशासन र नयाँ रणनीतिका लागि पार्टीको विधान संशोधन समेत गर्ने एजेण्डा रहेको एक स्थायी समिति सदस्यले बताए ।

बैठकले एमालेमा खुलेका माओवादी केन्द्रका नेताहरूलाई कारबाहीबारे पनि निर्णय गर्ने अनुमान गरिएको छ।

सवोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई छुट्टाछुट्टै अस्तित्वका साथ ब्युँताईदिएपछि गृहमन्त्री रामबहादुर थापा, ७ मन्त्रीसहित २३ माओवादी केन्द्रका नेता एमाले खुलेका छन् । जसलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको केन्द्रीय सदस्य बनाएका छन्।

माओवादी केन्द्रले ती नेताहरुलाई पार्टीबाट निस्काशन गरेमा उनीहरु मध्य धेरैको सांसद पद खारेज हुने छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १० : २५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज