४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपालमा कोरोना संक्रमणको दर ३ अंकमा उकालो लाग्यो, २४ घण्टाका बीचमा १८८ नयाँ संक्रमित थपिए



काठमाडौं । भारतमा कोरोना कहरमा बृद्दी भएसँगै नेपालमा पनि कोरोना संक्रमणको दर बढ्न थालेको छ । बिगत केहि हप्ता देखि २ अंकमा सिमीत रहेको कोरोना संक्रमितको दर सोमबार देखि ३ अंकमा उकालो लागेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार सोमबार १५० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा मंगलबार १८८ जनामा संक्रमण पुष्टि भएको हो । ४ हजार ३२ जनामा पीसीआर परीक्षण गर्दा १ सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै नेपालमा पनि संक्रमण फैलने खतरा बढेको जनस्वास्थ्यविद्हरुले बताउँदै आएका छन् । आईतबार मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजानिक स्थानमा भिडभाड र सभा समारोह नगर्न आग्रह गरेकोमा मंगलबार गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमा निर्देशन पठाउँदै स्वास्थ्य सावधानी अपनाउने काईलाई कडाई गर्न गराउन सर्कुलर गरेको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २ लाख ७६ हजार २४४ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ७२ हजार ९७ जना निको भएका छन् । हालसम्म कोभिड–१९ बाट नेपालमा ३ हजार १९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको