२९ चैत्र २०८२, आइतबार | April 12, 2026

पाकिस्तानलाई समृद्ध तुल्याउन जोड



काठमाडौं । पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमा नेपालस्थित पाकिस्तानी राजदूतवासद्वारा आफ्नो देशको राष्ट्रिय झण्डा फहराइएको छ ।

आफ्नो राष्ट्रको झण्डोत्तोलन गर्दै यहाँस्थित पाकिस्तानी राजदूत सयद हैदर शाहले आफ्ना पूर्वजले परिकल्पना गरेको पाकिस्तान निर्माण गर्न सबै पाकिस्तानीले आफ्नो प्रतिबद्धताको पुनर्पुष्टि गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पाकिस्तानका राष्ट्रपति अरिफ अल्भी र प्रधानमन्त्री इमरान खानले राष्ट्रिय दिवसका अवसरमा जारी गरेको सन्देश वाचन गरिएको थियो ।

सन्देशमा उनीहरुले पाकिस्तानलाई आर्थिकरुपमा सशक्त एवं समृद्ध तुल्याउन पाकिस्तानीको दृढ प्रतिबद्धता अपरिहार्य भएको जनाएका छन् ।

सन् १९४० मार्च २३ तारिखका दिन लाहोरमा पाकिस्तान रिजलुसन पारित भएको थियो । मोहम्मद अलि जिन्हाको नेतृत्वमा भएको रिजलुसनले स्वतन्त्र पाकिस्तान निर्माणका लागि कोशेढुंगा सावित भएको थियो । जिन्हा पाकिस्तानका पिता हुन् ।

 

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ७ : १७ बजे

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ

अम्पायरबारे टिप्पणीपछि करण केसी एक खेलका लागि निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी

दाङमा पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ । तुलसीपुर उपमहानगरपालिका-१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति