१० माघ २०८२, शनिबार | January 24, 2026

विश्वभर १० करोड ६ लाख कोरोना संक्रमण मुक्त, २७ लाख ४५ हजारको मृत्यु



काठमाडौं । विश्वभर १० करोड ६ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा १० करोड ६ लाख ९५ हजार एक सय ३३ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा १२ करोड ४७ लाख ७६ हजार एक सय ५१ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २७ लाख ४५ हजार एक सय ५२ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड १३ लाख ३५ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म तीन करोड ६ लाख ३३ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई करोड २९ लाख २४ हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख ५६ हजार सात सय ९९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड १७ लाख ३३ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड १२ लाख तीन हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ६० हजार चार सय ७७ जना पुगेको छ।

नेपालमा हालसम्म दुई लाख ७६ हजार दुई सय ४४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ७२ हजार ९७ जना निको भएका छन् । यहाँ कोरोनाबाट तीन हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ७ : ४७ बजे

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात/वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ ।

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज । बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको

नागरिक आवास कार्यक्रमका लागि रकम कटौति

भोजपुर । सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले

सुदूर पहाडमा हिमपात

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको