७ आश्विन २०८३, बुधबार | September 23, 2026

गृहको आदेश एक, जिल्लाको कार्यान्वयन अनेक : गृहको निर्देशनलाई लुम्बिनी प्रदेशमा फरक फरक कार्यान्वयन



बुटवल । भारतमा कोरोना कहरले तिब्रता पाएसंगै नेपालमा स्वास्थ्य तथा जनसंख्या र गृह मन्त्रालयले छुट्टाछुट्टै सर्कुलर गर्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयको बिज्ञप्ति आए लगत्तै गृहले ७७ वटै जिल्लामा स्वास्थ्य सतर्कता र कोरोना भाइरससँग लड्न तोकिएको मापदण्ड पालना गर्न गराउन गह अन्तर्गतका कार्यालयमा निर्देन पठाएपनि गृह मातहतका कार्यालयहरुले फरक फरक जिल्लाहरुमा फरक फरक आदेश जारी गरेको छ ।

लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयले फरक फरक सुचना र निर्देशन जारी गर्दै कारोना संक्रमण नियन्त्रणमा भूमिका खेल्न आम नागरिकलाई आग्रह गरेको छ । प्रदेशको बाँकेमा अत्यावश्यक स्वास्थ्य सेवा बाहेक कुनैपनि काममा सिमा पारी भारतीय भूमिमा प्रवेश गर्न रोक लगाएको छ भने जिल्ला प्रशासन कार्यालय गुल्मीले भिडभाड, जुलुस तथा र्‍याली गर्न रोक लगाएको छ । रुपन्देहीमा होली पर्वमा भिडभाड नगर्न आग्रह गरेको प्रशासनले कपिलवस्तुमा पनि सिमा पारी नजान नागरिकलाई आग्रह गरेको छ ।

बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति बैठकले नेपालगन्जसँग जोडिएको भारतीय बजार रुपैडियामा किनमेलकालागि जान रोक लगाउने निर्णय गरेको छ ।

त्यसैगरी कोरोना संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि बाँकेका आठ वटै स्थानीय तहलाई क्वारेन्टाइन निर्माण लगायतका आबश्यक काम अघि बढाउन जिल्ला कोभिड व्यवस्थापन समितिले निर्देशन दिएको छ ।

बैठकको निर्याय अनुसार समितिले जमुनाहस्थित सुरक्षा निकायलाई सुरक्षा व्यवस्था कडा गर्न निर्देशन समेत दिएको छ । जमुनाहमा नेपालगन्ज उपमहानगरपालिका र स्वास्थ्य कार्यालयको समन्वयमा स्वास्थ्य परिक्षणको काम शुरू भएको छ ।

भारतमा कोरोना संक्रमण बढेपछि यतबेला आम नागरि नेपाल फर्किन थालेका छन । नेपाल फर्किएका केहीमा समेत कोरोना संक्रमण देखिएको छ । यसले पनि बाँके जिल्ला उच्च जोखिमा रहेको छ ।

यता गुल्मीमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले संक्रमण बढ्न नदिन स्वास्थ्य मापदण्ड पालना गर्न सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले बताइन् । केन्द्रको बैठकले आउन लागेको फागु पर्व पनि परिवारभित्र मात्रै मनाउन आग्रह गरेको छ ।

गुल्मीमा होटल, रेष्टुरेन्ट तथा मदिरा बिक्री वितरण गर्ने पसल व्यवसाय राति ८ बजेपछि बन्द गर्ने निर्णय समेत भएको छ ।

सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने पनि संकट ब्यवस्थापन केन्द्रले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिइन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोभिड–१९ को संक्रमण बढ्न नदिनका लागि नजिकै आइरहेको होलीमा भिडभाड नगर्न अनुरोध गरेको छ ।

जिल्ला प्रशासन रुपन्देहीले मंगलबार एक सूचना जारी गर्दै स्वास्थ्य मन्त्रालयबाट २०७७ चैत ८ गते जारी भएको विज्ञप्तीलाई दृष्टिगत गर्दै स्यानिटाइजर, मास्क र सामाजिक दुरी मापदण्ड तथा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्नरगराउन आग्रह गरेको छ ।

रुपन्देहीको बेलहिया नाकामा हेल्प डेस्क स्थापना गरिएको छ । गृहले सिमामा कडाई गर्न भने पनि रुपन्देहीमा बुधबार सम्म नागरिकहरु निर्वाद किनमेलका लागि भारतीय बजार सुनौली जाने आउने गरेको पाईएको छ ।

 

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  १० : १३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११