२० मंसिर २०८२, शनिबार | December 6, 2025

भारतद्वारा कोरोना खोप निर्यातमा प्रतिबन्ध, नेपालको खोप अभियान प्रत्यक्ष प्रभावित



काठमाडौं । भारतले तत्काललाई कोरोना भ्याक्सिन निर्यातमा रोक लगाएको छ   । आफ्नै मुलुकमा संक्रमण बढ्न थालेपछि भारतले अक्फोर्ड-एस्ट्राजेनेकाद्वारा विकसित र, सिरम इन्स्टिच्यूटबाट उत्पादित कोभिसिल्ड भ्याक्सिन निर्यातमा प्रतिबन्ध लगाएको हो ।

भारतको विदेश मन्त्रालयकाअनुसार कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले आफ्नै देशभित्र माग बढ्ने भन्दै खोप निर्यातमा रोक लगाइएको हो ।

सरकारी अधिकारीहरुले यसलाई समयअनुसारको निर्णय भनेर प्रतिक्रिया दिएका छन् । भारतले खोप निर्यातमा रोक लगाएसँगै विश्वमा नै खोप वितरणमा समस्या पर्ने देखिएको छ । कोभ्याक्समार्फत गरिब तथा विपन्न देशमा पुर्याइने खोप अभियान प्रभावित हुने छन् ।

विश्व स्वास्थ्य संगठनको नेतृत्वमा भइरहेको कोभ्याक्स योजनाले सबै देशमा खोपको सुनिश्चितता गर्ने उदेश्य राखेको छ । तर, खोप निर्यातमा रोक लागेसँगै कोभ्याक्सको योजनामा परेका १९० देशमा खोप पुर्याउन कठिनाइ हुनेछ ।

भारतले अहिलेसम्म ७६ देशमा झण्डै ६ करोड डोज खोप पठाएको छ ।

 

नेपाल प्रभावित 

भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालको खोप अभियान प्रत्यक्ष प्रभावित हुनेभएको छ । नेपालमा भारतबाटै कोरोना खोप आइरहेको छ । भारतले आफ्ना छिमेकीहरुले अरु मुलुकको खोपमा अग्रसरता नदेखाउन भनेरै खोप कुटनीतिअन्तर्गत १० लाख डोज अनुदानमा दिएको थियो । सिरम इन्स्टिच्यूटबाट उत्पादित कोभिसिल्ड नामको सो खोप नेपालमा अहिले लगाईदै आइएको छ ।

सिरमबाटै नेपालले थप २० लाख डोज किनेको थियो । त्यसमध्ये १० लाख डोज नेपाल आइसकेको छ भने थप १० लाख डोज दिनका लागि भारतले आनाकानी गरिरहेको थियो । सिरम इन्स्टिच्यूटको नेपाली डिस्ट्रिब्यूटर हुकुम इन्टरप्राइजेजलाई कमिसन नदिएसम्म नेपालले पैसा तिरिसकेको खोप पठाउन समेत भारतबाट आनाकानी भैरहेको थियो । भारत सरकारले किनेको मूल्यभन्दा बढी मूल्यमा नेपाललाई खरिद गर्न बाध्य बनाउनका लागि यो खेल खेलिएको प्रष्टै बुझ्न सकिन्छ ।

गत वर्ष ओम्नी समुहले चीनबाट स्वास्थ्य सामाग्री खरिद गर्दा करोडौंको चलखेल भएजस्तै खोपमा पनि कमिशनको चलखेलका कारण भारतबाट समयमै नेपालले खरिद गरेको खोप आउन सकेको छैन । अझ, नेपालले थप ५० लाख डोज कोभिसिल्ड खोप खरिद प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको थियो । अब भारतीय प्रतिबन्धसँगै यी सबै खोप नेपालमा आउन ढिलाई हुनेभएको छ ।

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप लिन भने नेपालले निकै ढिलो गरी प्रक्रिया सुरु गरेको छ । गत फेब्रुअरी १७ तारिखमा औषधी व्यवस्था विभागबाट चिनियाँ सिनोभ्याक कम्पनीको भेरोसेल खोपले आपतकालीन अनुमति पाएको थियो । तर अहिलेसम्म पनि चिनियाँ खोप नेपाल आइपुगेको छैन ।

विश्व स्वास्थ्य संगठनले कोभ्याक्स योजनाअन्तर्गत नेपाललाई २२ लाख डोज खोप उपलब्ध गराउँदै छ । त्यसमध्ये ३ लाख ४८ हजार डोज भारतीय कोभिसिल्ड खोप नेपाल आइसकेको छ । बाँकी आउने प्रक्रिया रहेको बताइएको छ ।

नेपालमा थप खोपको डोज आयातमा बिलम्ब हुँदा खोप अभियान प्रभावित हुने देखिएको छ । पहिलो चरणमा खोप लगाएकाहरुले दोस्रो चरणको खोप लगाउनुपर्ने समय नजिकिँदै गएको छ । तर, खोपको मात्रा कम हुँदा पहिलो र दोस्रो चरणको निर्धारित समयमा खोप लगाउन नपाउने अवस्था आउनेसक्ने देखिएको छ ।

 

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ८ : ०७ बजे

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी