११ चैत्र २०८२, बुधबार | March 25, 2026

जनस्वास्थ्य मापदण्ड पालना गर्न शिक्षण संस्थाहरुलाई शिक्षा मन्त्रालयको निर्देशन



काठमाडौं । सरकारले शिक्षण संस्थामा जनस्वास्थ्य मापदण्ड पालना गर्न शिक्षण संस्थाहरुलाई निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै कोरोना भाइरसको संक्रमणबाट हुने जोखिम बढ्ने सम्भावना देखिएकोले शिक्षक विद्यार्थीको स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्याउन शिक्षण संस्थाहरुको ध्यानाकर्षण गरेको हो ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बिहीबार बैठक बसेर मन्त्रालयले जनस्वास्थ्यका र सुरक्षाका सबै मापदण्ड पालना गर्न निर्देशन दिएको छ । मन्त्रालयले अहिलेको परिस्थितिमा सजग र सर्तक बन्दै सावधानीपूर्वक परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका क्रियाकलापहरु संचालन गर्न ध्यानाकर्षण गरेको छ । प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका मापदण्डको समेत पालना गर्न र गराउन मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयको विज्ञप्तिमा शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग, साबुन पानीले हात धुने, ज्वारो नाप्ने र व्यक्तिमा संक्रमणको लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ । विज्ञप्तिमार्फत मन्त्रालयले शिक्षण संस्थामा सभा, समारोह र वार्षिक उत्सवजस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरु तत्कालका लागि नगर्न र नगराउन समेत अनुरोध गरेको छ ।

शिक्षा मन्त्रालय

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ४ : ५६ बजे

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको