२९ मंसिर २०८२, सोमबार | December 16, 2025

एमाले उपाध्यक्ष भिम रावलको स्पष्टीकरणमा उत्तर कम, प्रश्न बढी (पूर्णपाठ सहित)



काठमाडौं । नेकपा–एमालेमा उपाध्यक्ष भीम रावलले पार्टीलाई बुझाएको स्पष्टीकरण पत्रमा सोधिएको स्पष्टिकरणको जवाफ भन्दा बढी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रतिप्रश्न गरेर पठाएका छन् ।

उपाध्यक्ष रावलले आज साँझ पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुझाएको स्पष्टिकरणमा अध्यक्ष ओलीले नै पार्टी एक बनाएर लैजाने प्रयत्न नगरेको, फागुन २८ गते बिधान बिपरित नेताहरुलाई जिम्मेवारीबाट हटाईएको, शसक्त एमाले बनाउन नचाहेको जस्ता आरोप लगाईएको छ ।

स्पष्टिकरणको जवाफमा रावलले सोधेका छन् , नेकपा एमाले पुनःस्थापित भएपछि म समेत नेकपा एमाले र देश तथा जनताको उज्यालो भविष्य चाहने नेता र कार्यकर्ताहरुबाट तपाई समेतका नेताहरुसंग विगतको तथ्यसंगत समीक्षा गर्दै कमी कमजोरी सच्याउँदै पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो ? चैत्र २ गते नेकपा एमाले, केन्द्रीय कार्यालय, धुम्बाराहीमा तपाई समेत तपाई निकटका नेताहरुसंग भएको म समेत सहभागी छलफलमा पार्टी एकता र मेलमिलाप कायम गर्दै विगतका कमी कमजोरी हटाएर सशक्त नेकपा एमाले निर्माण गर्न सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै पार्टी तथा जनसंगठनहरुको संरचना पार्टी एकीकरण पूर्वको स्थितिमा रहेको स्वीकार गरौं र तपाईबाट फागुन २८ गते अवैधानिक रुपमा गरिएको निर्णय वदर गरौं भन्दा तपाईले किन मान्नु भएन ? यसको तात्पर्य तपाईमा पार्टी विभाजनको दुराशय रहेको देखियो किन नभन्ने ?’

रावलले बुझाएको स्पष्टीकरण पत्रमा गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले पुनर्जिवित भएपछि नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक बसेर एकताबद्ध एमाले बनाउनु पर्नेमा अध्यक्ष ओलीले पहलकदमी नलिएको आरोप लगाईएको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/03/BhimRawal-Clarification.pdf” title=”BhimRawal Clarification”]

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ७ : ०६ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको