७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमाले उपाध्यक्ष भिम रावलको स्पष्टीकरणमा उत्तर कम, प्रश्न बढी (पूर्णपाठ सहित)



काठमाडौं । नेकपा–एमालेमा उपाध्यक्ष भीम रावलले पार्टीलाई बुझाएको स्पष्टीकरण पत्रमा सोधिएको स्पष्टिकरणको जवाफ भन्दा बढी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रतिप्रश्न गरेर पठाएका छन् ।

उपाध्यक्ष रावलले आज साँझ पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुझाएको स्पष्टिकरणमा अध्यक्ष ओलीले नै पार्टी एक बनाएर लैजाने प्रयत्न नगरेको, फागुन २८ गते बिधान बिपरित नेताहरुलाई जिम्मेवारीबाट हटाईएको, शसक्त एमाले बनाउन नचाहेको जस्ता आरोप लगाईएको छ ।

स्पष्टिकरणको जवाफमा रावलले सोधेका छन् , नेकपा एमाले पुनःस्थापित भएपछि म समेत नेकपा एमाले र देश तथा जनताको उज्यालो भविष्य चाहने नेता र कार्यकर्ताहरुबाट तपाई समेतका नेताहरुसंग विगतको तथ्यसंगत समीक्षा गर्दै कमी कमजोरी सच्याउँदै पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो ? चैत्र २ गते नेकपा एमाले, केन्द्रीय कार्यालय, धुम्बाराहीमा तपाई समेत तपाई निकटका नेताहरुसंग भएको म समेत सहभागी छलफलमा पार्टी एकता र मेलमिलाप कायम गर्दै विगतका कमी कमजोरी हटाएर सशक्त नेकपा एमाले निर्माण गर्न सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै पार्टी तथा जनसंगठनहरुको संरचना पार्टी एकीकरण पूर्वको स्थितिमा रहेको स्वीकार गरौं र तपाईबाट फागुन २८ गते अवैधानिक रुपमा गरिएको निर्णय वदर गरौं भन्दा तपाईले किन मान्नु भएन ? यसको तात्पर्य तपाईमा पार्टी विभाजनको दुराशय रहेको देखियो किन नभन्ने ?’

रावलले बुझाएको स्पष्टीकरण पत्रमा गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले पुनर्जिवित भएपछि नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक बसेर एकताबद्ध एमाले बनाउनु पर्नेमा अध्यक्ष ओलीले पहलकदमी नलिएको आरोप लगाईएको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/03/BhimRawal-Clarification.pdf” title=”BhimRawal Clarification”]

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ७ : ०६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई