५ पुस २०८२, शनिबार | December 20, 2025

पत्रकार महासंघको निर्वाचन कार्यतालिका पुन: हेरफेर



काठमाडौं । नेपाल पत्रकार महासंघले निर्वाचन कार्यक्रम पुनः हेरफेर गरेको छ ।

महासंघले बिहिवार साँझ एक सूचना प्रकाशित गर्दै निर्वाचन कार्यक्रम हेरफेर गरिएको जनाएको हो ।

सूचनामा नेपाल पत्रकार महासंघको मिति २०७७ चैत्र २५ गते सम्पन्न हुने निर्वाचनको लािग यसअघि प्रकाशित निर्वाचन कार्यक्रम परिवर्तन गरी अन्तिम मतदाता नामावली प्रकाशन चैत्र १३ गते साँझ ५ बजेसम्म तोकेको छ ।

त्यसैगरी उम्मेद्वारको मनोनयन १४ गते बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म, उम्मेद्वारको नामावली प्रकाशन सोही दिन साँझ ६ बजे र उम्मेद्वार उपर दाबी बिरोध चैत्र १७ गते दिउँसो १ बजेसम्म गर्न सकिने जनाईएको छ ।

महासंघले हेरफेर गरेको निर्वाचन कार्यक्रममा उम्मेद्वारले नाम फिर्ता चैत्र १७ गते दिउँसो ३ बजेसम्म गर्न सकिने जनाएको छ । त्यस्तै महासँद्वारा जारी सूचनाका अनुसार अन्तिम नामावली प्रकाशन चैत्र १७ गते साँझ ६ बजे हुनेछ ।

महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान देशैभर २५ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने र सोही दिन मतदान सकिए लगत्तै मतगणना शुरु हुने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ६ : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको