३ आश्विन २०८३, शनिबार | September 19, 2026

पत्रकार महासंघको निर्वाचन कार्यतालिका पुन: हेरफेर



काठमाडौं । नेपाल पत्रकार महासंघले निर्वाचन कार्यक्रम पुनः हेरफेर गरेको छ ।

महासंघले बिहिवार साँझ एक सूचना प्रकाशित गर्दै निर्वाचन कार्यक्रम हेरफेर गरिएको जनाएको हो ।

सूचनामा नेपाल पत्रकार महासंघको मिति २०७७ चैत्र २५ गते सम्पन्न हुने निर्वाचनको लािग यसअघि प्रकाशित निर्वाचन कार्यक्रम परिवर्तन गरी अन्तिम मतदाता नामावली प्रकाशन चैत्र १३ गते साँझ ५ बजेसम्म तोकेको छ ।

त्यसैगरी उम्मेद्वारको मनोनयन १४ गते बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म, उम्मेद्वारको नामावली प्रकाशन सोही दिन साँझ ६ बजे र उम्मेद्वार उपर दाबी बिरोध चैत्र १७ गते दिउँसो १ बजेसम्म गर्न सकिने जनाईएको छ ।

महासंघले हेरफेर गरेको निर्वाचन कार्यक्रममा उम्मेद्वारले नाम फिर्ता चैत्र १७ गते दिउँसो ३ बजेसम्म गर्न सकिने जनाएको छ । त्यस्तै महासँद्वारा जारी सूचनाका अनुसार अन्तिम नामावली प्रकाशन चैत्र १७ गते साँझ ६ बजे हुनेछ ।

महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान देशैभर २५ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने र सोही दिन मतदान सकिए लगत्तै मतगणना शुरु हुने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ६ : २१ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको