२० मंसिर २०८२, शनिबार | December 6, 2025

भारतबाट फर्केका २४ जनामा कोरोना



काठमाडौं । भारतका विभिन्न सहरबाट स्वदेश फर्किएका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले बिहीबार साँझसम्म ती व्यक्तिमा संक्रमण पुष्टि भएको बताए ।

‘एन्टिजेन परीक्षण गर्दा २४ जनामा कोरोना पोजिटिभ देखिएको छ’, निर्देशक डा. पौडेलले भने । उनीहरूमा देखिएको भाइरसको प्रकारबारे अध्ययन गरिने डा.पौडेलले बताए । ‘संक्रमितको नमुना संकलन गर्छौं । नमुनाको र्‍यान्डमलाई जिन सिक्वेन्सिङ पनि गर्छौं । भारतमा देखिएको डबल म्युटेन्ट (दोहोरो उत्परिवर्तन) भएको भाइरस हो-होइन परीक्षणबाट पत्ता लाग्छ’, उनले भने ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको नेतृत्वमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) सँग सहकार्य गरी जनशक्ति एवं प्राविधिक पक्ष मिलाइएको छ । आवश्यक परे विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को प्रयोगशालामा पनि पठाइने डा. पौडेलले बताए ।

कञ्चनपुरको गड्डाचौकी, गौरिफन्टा र बाँकेको जमुनाह नाकाबाट भित्रिएका नेपालीमा कोरोना संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । संक्रमितमध्ये अधिकांश गौरिफन्टा नाकाबाट प्रवेश गरेका नेपाली हुन । उनीहरू भारतका गुजरात, दिल्ली, चेन्नई, मुम्बईबाट फर्केका हुन् ।

संक्रमणको उच्च जोखिम भएका भारतीय क्षेत्रबाट रोजगारी गरेर फर्किएका व्यक्तिको सीमा नाकामा एन्टिजेन परीक्षण गरिएको डा. पौडेलले बताए । ‘सीमावर्ती जिल्लाहरूमा विशेष सतर्कता अपनाइएको छ । भारतबाट स्वदेश फर्कनेको अभिलेखीकरण र स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको छ’, उनले भने, ‘घर फर्केका व्यक्तिलाई ५ देखि १० वटा मास्क वितरण भइरहेको छ ।’ बिहीबार थप १ सय २० जना कोरोना संक्रमित थपिएका छन् ।

२ हजार ८ सय ९१ स्वाब परीक्षण गरिएको थियो । योसहित संक्रमितको संख्या २ लाख ७६ हजार ५ सय ९ पुगेको छ । पछिल्लो २४ घण्टामा ८५ जना संक्रमणमुक्त भएका छन् । उक्त समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ७ : १२ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल