२० मंसिर २०८२, शनिबार | December 6, 2025

सार्वजनिक स्थानमा होली खेल्न निषेध



काठमाडौं । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सार्वजनिक स्थानमा भीडभाड गरी फागु खेल्न निषेध गरिएको छ ।

कोरोना भाइरस महामारीको जोखिम बढेकाले भीडभाड गरी सार्वजनिक स्थानमा होली खेल्न निषेध गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । यो वर्ष फागु पहाड तथा उपत्यकामा चैत १५ र तराईमा १६ गते परेको छ ।

यसअघि तीनवटै जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गरी कोरोना सङ्क्रमण बढ्दै गएकाले होलीमा भीडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई घरपरिवारबीच मनाउन अपिल गरेको थियो ।

महानगरीय प्रहरी कार्यालय प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले जिल्ला प्रशासन कार्यालयहरूको निर्णयलाई थप सहयोग पुग्ने गरी सार्वजनिक स्थानमा होली खेल्न रोक लगाइएको जानकारी दिए।

सडक, चोक तथा सार्वजनिक स्थानमा भीड थुपारेर होली पर्व मनाउने, पानी छ्याप्ने, लोला हान्ने र जबर्जस्ती रङ अबिर दल्ने कार्यमा रोक लगाइएको स्पष्ट पार्दै उनले सुरक्षित रूपमा होली खेल्न आग्रहसहित सर्वसाधारणको सचेतनाका लागि ‘माइकिङ’ गरिने बताए । यही १५ गते होली पर्वमा सुरक्षा व्यवस्थापनका लागि करिब पाँच हजार सुरक्षाकर्मी परिचालन हुनेछन् ।

विशेष गरी होली पर्वमा ट्राफिक नियमको पालना नगर्ने, मदिरा सेवन गरी सवारी चलाउने, मोटरसाइकलमा हेल्मेट प्रयोग नगर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने दुई पाङ्ग्रे सवारीमाथिको कारबाहीलाई सशक्त बनाइने भएको छ । यसका साथै सर्वसाधारणका लागि मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

नेपाल-भारत खुला सिमानासँगै असुरक्षित आवतजावतका कारण कोरोना सङ्क्रमण महामारी बढ्न सक्ने भन्दै महानगरीय प्रहरीले सामान्य स्वास्थ्य सुरक्षा मापदण्ड मास्कको प्रयोग, सामाजिक दूरी, सरसफाइ, सेनिटाइजर प्रयोगमा आग्रह गरेको छ ।

छिमेकी मुलुक भारतमा नभई नेपालमा पनि सङ्क्रमण केही दिनयता उच्च रहेकोले होली पर्वमा असुरक्षित भीडभाडसँगै जथाभावी लोला-पानी खेल्दा महामारी सङ्क्रमण फैलिन सक्ने भनाइ स्वास्थ्यकर्मीको छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ७ : ४३ बजे

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति