१४ चैत्र २०८२, शनिबार | March 28, 2026

एमाले विवाद : संसदीय दल बैठकमा नेपाल पक्षधर सांसदहरु सहभागी हुने



काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्ष संसदीय दलको बैठकमा सहभागी हुने भएको छ ।

काठमाडौंको कलंकीस्थित एक पार्टी प्यालेसमा बसेको नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको बैठकले संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आजै दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएका छन् ।

नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठकले पार्टीको स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्ने निर्णय समेत गरेको छ । यद्यपी, यो मागलाई ओली पक्षले ठाडै अस्वीकार गर्ने प्रष्टै छ ।

सर्वोच्च अदातलले नेकपा खारेज गर्दै गत फागुन २३ गते नेकपा एमाले ब्युँताइदिएपछि सो पार्टीमा ओली पक्ष र नेपाल खनाल पक्षबीच तिब्र अन्तर्संघर्ष चलिरहेको छ । अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नेपाल पक्षधरहरुलाई पार्टीबाट निस्काशनको प्रक्रिया अघि बढाएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  २ : २६ बजे

ओली पक्राउ विरुद्ध नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको

बलात्कार आरोपमा एमाले नेता मल्ल पक्राउ

काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा

माइतीघर क्षेत्रमा एमाले कार्यकर्ताहरुको प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौंं । एमाले अध्यक्ष केपी ओलीको गिरफ्तारी विरूद्ध नेकपा (एमाले)

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

बागमती । लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर

पश्चिमएशिया द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

पश्चिमएशियामा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर पारेको