३० असार २०८३, मंगलबार | July 14, 2026

काठमाडौं उपत्यकामा अत्याधिक वायु प्रदुषण, बाहिर निस्कँदा आँखा पोल्ने समस्या



काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार दिउँसोदेखि अत्याधिक वायु प्रदुषण बढेको छ ।

बिहानसम्म सफै रहेको उपत्यकाको आकाश दिउँसो तुवाँलाले ढाकेको छ । घर बाहिर निस्किँदा धेरैले आँखा पोलेको अनुभव गरेका छन् । विभिन्न जिल्लामा लागेको डढेलो र लामो खडेरीका कारण वायुमण्डल प्रदुषित बन्दै गएको छ । काठमाडौंको वरिपरीका लागेको डढेलोलाई पश्चिमी वायुले काठमाडौंमा ल्याएका कारण प्रदुषण बढेको हो ।

धुँवा र धुलो मिसिएको हावाले ढाक्दा दिउँसो ३ बजेपछि भिजिविलिटी नै कम भएको छ । जसका कारण त्रिभुवन विमानस्थलमा जहाज अवतरण र उडान समेत बन्द भएको छ ।

१२ बजेसम्म काठमाडौं एयरपोर्टमा भिजिबिलिटी ३ हजार ५ सय मिटर रहेकोमा ३ बजे १ हजार मिटरमा झरेको थियो ।

लामो समयको खडेरी र सुख्खा हावा भएका कारण धुँवा र धुलोयुक्त प्रदुषण बढेको मौसमविद्ले बताएका छन् । काठमाडौं मात्र नभएर देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) अत्यधिक बढेको छ वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर मापन केन्द्रले जनाएको छ । एक्यूआईले जोखिमको तह नाघेको विभागले जनाएको छ ।

वायुको गुणस्तर सूचकांक ललितपुरको भैंसेपाटीमा केन्द्रका अनुसार ललितपुरको भैंसेपाटीमा ४७० सम्म पुगेको छ । भक्तपुरमा ३०५ र सिमरामा २४८ पुगेको छ ।
सरकारले स्वीकृत गरेको मापदण्ड अनुसार एक्यूआई ३ सय नाघे विपदको अवस्था आएको मानिन्छ । काठमाडौंको भने एक्यूआई १९८ पुगेको थियो।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ५ : १४ बजे

सुनसरीमा विद्युत् प्राधिकरणको स्कारपियो दुर्घटना : दुईको मृत्यु, एक घाइते

सुनसरी । नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा

अविरल वर्षाले देशका प्रमुख राजमार्ग प्रभावित, काठमाडौंका मुख्य नाका बन्द

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौं

भुर्तेलको शतक र धामीको घातक बलिङमा जर्सीमाथि नेपालको सानदार जित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको

देशभर मनसुनी प्रभाव, कोशी-बागमती-गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन