७ आश्विन २०८३, बुधबार | September 23, 2026

अध्यक्ष ओलीले गरेका निर्णयहरु फिर्ता नलिए एमाले एक ढिक्का बन्न नसक्ने : झलनाथ खनाल



काठमाडौं । एमाले संसदीयदलका नेताको हैसियतले पहिलो पटक संसदीयदलको बैठकमा पहिलो पटक सहभागी भएका नेपाल पक्षका नेताहरुले केपी ओलीले एकलौटी गरेको निर्णय फिर्ता लिन माग गरेका छन् । उनीहरुले अध्यक्ष एवं संसदीयदलका नेता ओलीले गरेको एक्लौटी निर्णय फिर्ता नलिए पार्टी एक ढिक्का भएर परिचालित हुन नसक्ने बताएका छन् ।

आज बसेको संसदीयदलको बैठकमा बोल्दै एमाले वरिष्ठ नेता झलनाथ खनालले २०७५ जेठ २ गतेको अवस्थामा पार्टी गतिबिधि संचालनमा नआए एमाले एक ढिक्का हुने सम्भावना नभएको बताए । ‘यो भन्दा अगाडि गरिएका निर्णयहरु फिर्ता लिएर जेठ २ गते पुग्ने अवस्था सिर्जना नगरिए पार्टी एकढिक्का सहित परिचालित हुन सक्दैन’, खनालले बैठकमा भने । वरिष्ठ नेता खनाल आफ्नो कुरा राखे लगत्तै बैठकबाट बाहिरिएका थिए ।

ओलीले बोलाएको बैठकमा पहिलो पटक खनाल सहित नेपाल पक्षका अधिकांस सांसदहरु सहभागी भएका थिए । अर्का वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भिम रावल भने आजको बैठकमा पनि सहभागी भएका थिएनन् । उपाध्यक्ष बामदेव गौतम पनि आजको बैठकमा दोस्रो पटक सहभागी भएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ५ : २२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११