१२ बैशाख २०८१, बुधबार | April 24, 2024

बहराइनी राजकुमारलाई सगरमाथा आरोहण अनुमति



बहराइनी राजकुमारले मनास्लु हिमाल आरोहण गर्दाको तस्विर

 

काठमाडौं । यसवर्षको वसन्त यामको सगरमाथा आरोहणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) जारी गरेको छ । सो यामको सगरमाथा आरोहणको पहिलो अनुमति दुई आरोही समूहले प्राप्त गरेका छन् ।

बहराइनी राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले आरोहण अनुमति लिएको शुक्रबार विभागले जनाएको छ । सर्वोच्च शिखर आरोहणका लागि राजकुमार शेख नसेर बिन हमिद अल खलिफाका भाइ शेख मोहम्मदसहित १६ जनाको टोली गत चैत २ गते नेपाल आएको थियो ।

नेपालस्थित सेभेन समिट ट्रेकमार्फत आरोहणको तयारी भइरहेको छ । बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली ७९ दिन नेपालमा रहने जनाइएको छ ।

वसन्त यामको सगरमाथा आरोहणका लागि पहिलो आरोहण अनुमति बहराइनी राजपरिवारका सदस्यसहितको आरोही समूहलाई दिइएको विभागको पर्वतारोहण शाखाका मदन विमलीले जानकारी दिए । उनका अनुसार बहराइनी आरोही समूह १६ जनाको भएकाले दुई समूह बनाएर अनुमति दिइएको छ । एक आरोही समूहमा बढीमा १५ सदस्य रहने प्रावधान छ ।

कोभिड–१९ महामारी जोखिमका बीच आरोहण अनुमति जारी हुनु र यसमा पनि विशिष्ठ पाहुनाको आरोहणले नेपालको साहसिक पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने अपेक्षा विभागले लिएको छ ।

कोरोनाका कारण अघिल्लो वर्ष मुख्य याममै नेपालको पर्वतारोहण र पदयात्राले असर बेहोरेका सन्दर्भमा महामारीकै बीच हिउँदमा भएका केही आरोहण तथा आगामी यामका लागि बुकिङ शुरु भएकाले यस वर्ष आरोहणमा सुधारका सङ्केत देखिएका छन् ।

 

सात आरोही समूहले अनुमति लिए

वसन्त यामको आरोहणका लागि हालसम्म पाँच आरोही समूहलाई आरोहण अनुमति दिइएको विभागले जनाएको छ । सगरमाथा, अन्नपूर्ण, मनास्लु र नुप्से हिमाल आरोहण गर्ने सात आरोही समूहका ६१ आरोहीलाई आरोहण अनुमति दिएको छ ।

विभागको पर्वतारोहण शाखाको तथ्याङ्ककमा सोलुखुम्बुमा पर्ने सगरमाथा (८,८४८.८६ मिटर) आरोहणका लागि दुई र सोही क्षेत्रमा पर्ने नुप्से (७,८६४ मिटर) एक आरोही समूह छन् । गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल (८,०९१ मिटर) आरोहणका लागि तीन समूहलाई अनुमति दिएको छ । त्यस्तै गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) मा एक आरोही समूह छन् । अन्नपूर्ण आरोहणका लागि सबैभन्दा धेरै ११ जना महिलासहित ४० आरोहीले अनुमति लिएका छन् । अनुमति लिएका आरोहीहरु गन्तव्यतर्फ लागिसकेका छन् ।

हिमाल आरोहणका लागि उपयुक्त मौसम वसन्तयामलाई मानिन्छ । यो अनुकूल मौसममा सगरमाथासहितका विभिन्न चर्चित हिमालमा स्वदेशी तथा विदेशी आरोहीले सर्वाधिक आरोहण गर्छन् । सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायतका उच्च हिमशृङ्खला आरोहीको रोजाइमा पर्छन् ।

आरोहणका लागि बाटो बनाउने आइसफल चिकित्सक पनि गन्तव्यमा रहेको विभागले जनाएको छ । आइसफल चिकित्सक सगरमाथाको आधार शिविरभन्दा माथितिर पुगिसकेका छन् । वसन्तयामको आरोहणका लागि विभागले धमाधम आरोहण अनुमति जारी गरिरहेको छ ।

सरकारले आरोहणका लागि ४१४ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य एक हजार ३०० भन्दा बढी हिमाल रहेको बताइन्छ । मार्च, अप्रिल र मेको आरोहणका लागि मार्चदेखि बुकिङ शुरुआत भए पनि अप्रिलको दोस्रो सातासम्म विभागलाई अनुमति जारी गर्न भ्याइनभ्याइ हुन्छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ५ : २८ बजे

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

शिक्षामन्त्री श्रेष्ठको आग्रह- शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर

सडक दुर्घटनामा तीन जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी-८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा

कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम