१ पुस २०८२, मंगलबार | December 16, 2025

माधव नेपाल र भिम रावल कारवाहीका भागिदार छन् : अध्यक्ष केपी ओली



काठमाडौं । विभाजनको संघारमा पुगेको एमालेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भिम रावलबाट कारवाही प्रक्रिया सुरु गर्ने भएका छन् । आज बसेको संसदीयदलको बैठकमा बोल्दै अध्यक्ष ओलीले माधवकुमार नेपाल र भीम रावल कारबाहीको भागिदार हुने बताएका हुन् ।

संसदीय दलको बैठकमा अध्यक्ष ओलीले नेपाल पक्षबाट गरिएका कुनै पनि माग र शर्त मान्य नहुने बताए । नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन माग गरेका थिए । बैठकमा ओलीले एमालेमा अब गुटगत र समूहगत रुपमा कसैसँँग पनि छलफल नहुने समेत बताए । उनले एमाले २०७५ जेठ २ मै फर्किएको दाबी गर्दै माओवादीबाट एमालेमा आएका नेताहरुलाई पार्टी र सरकारको पक्षमा उभिएकाले उनीहरुको व्यवस्थापनमात्र भएको ओलीले स्पष्ट पारे ।

माधव नेपालसहितका ४ जना नेतालाई केन्द्रीय कमिटी बैठकले स्पष्टिकरण सोधेकोमा नेपाल र रावलको स्पष्टिकरण नकारात्मक कोणबाट आएकाले कारवाहीको भागिदार हुने ओलीले बताएका थिए ।

 

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ५ : ५९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज