३० भदौ २०८३, मंगलबार | September 15, 2026

माछापुच्छ्रे बैंकले ल्यायो स्मार्ट डलर कार्ड



काठमाडौ । नेपाल राष्ट्र बैंकले जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्र अनुसार माछापुच्छ्रे बैंकले एमबिएल स्मार्ट डलर कार्ड संचालनमा ल्याएको छ ।

बैंकमा खाता भएका ग्राहकहरुले आफ्नो प्यान कार्ड पेस गरि अमेरिकी डलर ५०० बराबरको कार्ड प्राप्त गर्न सक्नेछन । उक्त कार्ड मार्फत भारत बाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकमर्स साइट मार्फत अनलाइन भुक्तानी गर्न सक्नुहुनेछ ।

आफने कार्ड मार्फत ग्राहकले एकै पटक वा पटक पटक गरि एक बर्षमा अमेरिकी डलर ५०० बराबर को कारोबार गर्न सक्नेछन् ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ८ : १८ बजे

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा

प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

म्याग्दी । म्याग्दीमा प्रदेश सरकारले सञ्चालन गरेका रणनीतिक महत्वका सडक

प्रतिनिधिसभाको बैठक आज बस्दै, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे

कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध