४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोनाबाट विश्वभर पछिल्लो २४ घण्टामा ११ हजार भन्दा बढीको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ११ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमणबाट ब्राजिलमा मात्रै तीन हजार ६०० जनाको मृत्यु भएको छ ।

यस्तै‚ सोही अवधिमा अमेरिकामा १ हजार २१६‚ स्पेनमा ५९०, मेक्सिकोमा ५८४, इटलीमा ४५७, पोल्याण्डमा ४४३ तथा रसियामा ४०० जनाभन्दा बढीको मृत्यु भएको छ । फ्रान्समा ३६३, युक्रेनमा ३२६ र भारतमा २९२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ६ लाखभन्दा बढी कोरोना भाइरसबाट संक्रमित थपिएका छन । जसमध्ये ब्रजिलमा ८२ हजार ५००, अमेरिकामा ७३ हजार ७००, भारतमा ६२ हजार २९१, फ्रान्समा ४१ हजार ८००, पोल्याण्डमा ३५ हजार, टर्कीमा २९ हजार र इटलीमा २३ हजार ९०० संक्रमित थपिएका छन ।

विश्वभर कुल संक्रमितको संख्या १२ करोड ६६ लाख पुगेको छ भने २७ लाख ७८ हजारजनाको मृत्यु भएको छ । १० करोड २१ लाख मानिस संक्रमणमुक्त भएका छन ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ७ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको