११ चैत्र २०८२, बुधबार | March 26, 2026

भारतीय प्रधानमन्त्री मोदीको विरोधमा बंगलादेशमा हिंसात्मक प्रदर्शन, पाँच जनाको मृत्यु, कैयौं घाइते



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा बंगलादेशमा हिंसात्मक प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ ।

शुक्रबार भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका क्रममा ढाका पुगेका थिए । मोदीको विरोधमा बंगलादेशको चट्टगाउँमा ठूलो प्रदर्शन भएको थियो । पुलिससँग भएको झडपमा कमसेकम चार जनाको ज्यान गएको बीबीसी बाङ्गलाले जनाएको छ । भडपका क्रममा घाइते भएकाहरु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि शुक्रबार नमाज पछि ढाकाको बैतुल मकर्रम इलाकामा प्रदर्शन भएको थियो । त्यससमय प्रहरीसँग प्रदर्शनकारीको झडप हुँदा कैयौं संचारकर्मी समेत घाइते भएका थिए ।

बंगलादेशी संचारमाध्यमका अनुसार चट्टगाउँमा नमाजपछि हथाजरी मदरसाबाट विरोध प्रदर्शन सुरु भएको थियो । पछि प्रहरीसगँ झडप भएको थियो ।

हिफाजत ए इस्लाम नामक संगठनका नेता मुजिबुर रहमान हामिदीले उनका समर्थकहरुको मृत्यु भएको पुष्टि गरेका छन् । उनले प्रहरीले प्रदर्शनकारीमाथ गोली चलाएको आरोप लगाएका छन् ।

प्रदर्शनकारीले हथाजरी प्रहरी कार्यालमा तोडफोड गरेका थिए । बंगलादेशमा केही दिन यता मुस्लिम एवं वामपन्थी संगठनहरुले भारतीय प्रधानमन्त्री मोदीको विरोधमा प्रर्दशन गरिरहेका छन् । उनीहरुले मोदी साम्प्रदायिक भएको आरोप लगाएका छन् । शेख मुजिबुर रहमानले धर्मनिरपेक्ष राष्ट्रका लागि संघर्ष गरे पनि उनकै शतवार्षिकी कार्यक्रममा साम्प्रदायिक व्यक्तिलाई निम्ता गरिएको उनीहरुको आरोप रहेको छ ।

मोदी बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेदको निमन्त्रणामा रहमानको शतवार्षिकी कार्यक्रममा भाग लिन ढाका पुगेका हुन् ।

 

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ८ : २८ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई