२८ आश्विन २०८३, बुधबार | October 14, 2026

भारतमा ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद मृत फेला



काठमाडौं । भारतमा ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद अनवरुल अजिम अनार कोलकाताको फ्ल्याटमा मृत फेला परेका छन् । बंगलादेशका गृहमन्त्री असदुज्जमान खानले कोलकाता प्रहरीलाई उद्धृत गर्दै यसको पुष्टि गरेका हुन् ।

कोलकाता प्रहरीले भने सांसद अनवरुलको शव न्यू टाउन क्षेत्रमा शंकास्पद अवस्थामा फेला परेको बताएको छ । यस घटनामा प्रहरीले ३ बंगलादेशीलाई पक्राउ गरेको छ । साथै यसलाई पूर्वनियोजित हत्याको रुपमा व्याख्या गरिएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार सांसद अनवरुल मे १२ मा उपचारका लागि कोलकाता आएका थिए । भोलिपल्टै उनी बेपत्ता भएका थिए । उनको फोन समेत अफ भएको थियो । यसपछि १७ मे मा बिहारको कुनै इलाकामा उनको फोन केही समयको लागि स्वीच अन भयो । प्रहरीका अनुसार उनको फोनबाट उनको परिवारका सदस्यहरूलाई नयाँ दिल्ली गएको सन्देश पठाइएको थियो ।

अनवारुल अजिम अनार प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीका सांसद हुन् । उनले २०१४, २०१८ र २०२४ मा झेनैदह-४ सिटबाट चुनाव जितेका थिए । अनवरुलको मृत्यु हुनुअघि उनका परिवारका सदस्यहरूले शेख हसिनालाई भेटेर मद्दत मागेका थिए ।

बंगलादेशी दूतावास पनि प्रहरीसँग निरन्तर सम्पर्कमा रहेको र बंगलादेश सरकारले सम्पूर्ण मामिलाको प्रतिवेदन मागेको मिडिया रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ५ : १७ बजे

फेरियो ९ वर्षदेखि कन्तबिजोग खजुरा सडकको मुहार

नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९

दाङको घोराहीबाट ठुलो परिमाणमा ब्राउन सुगरसहित २ जना पक्राउ

दाङ । प्रहरीले दाङको घोराहीबाट ठुलो परिणामको लागु औषध ब्राउनसुगर

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो

कलंकीमा विवादपछि कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको कलंकीमा सामान्य विवादका क्रममा कुटपिट हुँदा एक १८