२६ बैशाख २०८३, शनिबार | May 9, 2026

सीमामा एन्टिजेन परीक्षण बढाईंदै



धनगढी । कोरोना भाइरस सङ्क्रमण रोकथामको प्रयासस्वरुप सुदूरपश्चिम प्रदेशका सीमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’मार्फत नेपाल फर्किने नागरिकको पछिल्लो हप्तादेखि एन्टिजेन परीक्षणको काम भइरहेको छ । कुनै पनि व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए, नभएको जानकारी एन्टिजेन परीक्षणबाट पत्ता लाग्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

कुनै पनि व्यक्तिमा कोरोना भए नभएकाबारे स्थलगतरुपमै पत्ता लगाउने छोटो र सजिलो प्रविधि एन्टिजेन परीक्षण भएको स्वास्थ्य निर्देशनालय दीपायलका निर्देशक डा गुणराज अवस्थीले बताए । “यो एन्टिजेन विधि कोरोना परीक्षण गर्ने आरडिटी पिसिआर विधि जस्तै मानिन्छ तर कुन भाइरस हो भन्ने पत्ता लगाउन भने एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आउने व्यक्तिको पुनः आरडिटी पिसिआर पद्धतिबाट परीक्षण गर्नैपर्ने हुन्छ ।” यो एन्टिजेन विधिबाट परीक्षण गर्दा स्वाब लिएको १० देखि २० मिनेटमा नै नतिजा आउने जनाइएको छ ।

कैलालीको त्रिनगर सीमानाकाको हेल्थ डेस्कमा खटिएका अहेब गणेश साउदले यो विधिबाट परीक्षण गर्दा नतिजा पोजेटिभ देखिने व्यक्तिको हकमा ती व्यक्ति बस्ने पालिकालाई खबर गर्ने गरिएको बताए । “एन्टिजेन परीक्षण गर्न कतिपय दिन भ्याइनभ्याइ हुन्छ”, साउदले भने, “समूहमा आउनेमध्ये शङ्कास्पद व्यक्तिको यस्तो परीक्षण गर्छौं, परीक्षण गर्दा सबैमा पोजेटिभ नतिजा आए समूहका सबै व्यक्तिको एन्टिजेन परीक्षण गर्छौं ।”

स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार हालसम्म त्रिनगर र गड्डाचौकी सीमानाकाका हेल्थ डेस्कमा एक हजार २८० जनाको एन्टिजेन परीक्षण भइसकेकामा ३२ जनाको नतिजा पोजेटिभ र बाँकीको नतिजा नेगेटिभ देखिएको छ ।

त्रिनगर (डोकेबजार) प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक रामप्रसाद अवस्थीले सीमा नाकाबाट नेपाल भित्रिनेको सङ्ख्या कहिले बढ्ने कहिले घट्ने गरेको जानकारी दिए । “त्रिनगर (डोकेबजार) सीमा नाकाबाट हाल दैनिक ४०० देखि ६०० को हाराहारीमा नेपाली भित्रिने गरेका छन्”, उनले भने, “परीक्षणपछि आउने रिपोर्टका आधारमा व्यक्तिलाई सम्बन्धित ठाउँमा पठाउने व्यवस्थापन गरिरहेका छौँ ।”

पछिल्ला दिनमा भारतमा कोरोना भाइरस सङ्क्रमण र मृत्युदर वृद्धि भएको देखिएपछि प्रदेशका सीमावर्ती जिल्लामा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्ने सम्भावना बढेको छ । यो रोगको सङ्क्रमण दर बढेसँगै रोजगारीका लागि भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् ।

यसैबीच जिल्ला प्रशासन कार्यालय कैलालीले कोरोना भाइरसको सङ्क्रमण जोखिम हुन नदिन तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलाई सङ्क्रमण रोग ऐन २०२० अनुसार कारवाही गरिने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा जारी गरिएको आदेशमा पछिल्ला दिनमा भारतमा कोरोना भाइरसको सङ्क्रमण र मृत्यु दरमा वृद्धि भएको अवस्थामा खुला सिमानाका कारण कैलाली जिल्ला पनि उच्च जोखिमा रहेकाले फागु (होली) लगायतका पर्व, जात्रा, महोत्सव मनाउँदा भीडभाड नगर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन एवं एकापसमा भौतिक दूरी बनाउनुपर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  १२ : ३१ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु