४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपालगन्जकाे जमुनाहा नाका हुँदै नेपाल प्रवेश गरिरहेका नेपालीमा कोरोना पुष्टि



नेपालगन्ज । भारतमा कोरोनाको दोस्रो महामारी फैलिएसँगै भारतबाट नेपाल फर्केका नेपालीहरुमा पनि कोरोना फोजेटिभ देखिने क्रम सुरु भएको छ । बिभिन्न खुल्ला नाकाहुँदै नेपाल प्रवेश गर्नेहरुको चुकजाँच हुन नसकेपनि मुख्य नाकाहरुमा राखिएको हेल्थ डेस्कबाट कोरोना पुष्टि हुने क्रम सुरु भएको छ ।

भारतबाट नेपालगन्जको जमुनाह नाका हुदै नेपाल भित्रिएका थप दुईजनामा कोरोना पुष्टि भएको छ । शुक्रबार भारतको गुजरातबाट घर फर्कँदै गरेका रोल्पाका एक पुरुष र आज (शनिबार) महाराष्टबाट जमुनाहा हुँदै नेपाल प्रवेश गरेका बर्दियाका अर्का पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

दुवैजनालाई जमुनाह नाकामा जाचँ गर्दा कोभिड १९ पोजेटिभ देखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जनाएका छन् । मुख्य नाकाहरुमा प्रशासनले कडाई गर्दै हेल्थ डेस्क स्थापना गरेपनि तराईका अधिकांस स्थानमा रहेका खुल्ला नाकाहरुबाट भने हरेक दिन नेपाली र भारतीय नागरिकको आउने जाने क्रम जारी रहेका कारण सिमावर्ती बजारहरुमा कोरोनाको जोखिम बढी देखिएको छ ।

भारतबाट नेपाल आउने नागरिकमा कोरोना देखिन थालेसँगै बाँके प्रशासनले सिमामा कडाई गरेको छ । औषधी उपचार, अध्ययनको अत्यावश्यक अवस्था वा भारतीय पल्टनमा जागीरेृहरु बाहेक अन्यलाई बिना कारण भारत नजान बाँके प्रशासनले आग्रह गरेको छ ।

 

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ३ : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको