९ चैत्र २०८२, सोमबार | March 23, 2026

नैतिक र राजनीतिक ढंगले धेरै दिन पर्खिन सक्दिन, सरकारलाई दिएको समर्थन एकदुई दिनमै फिर्ता लिन्छु : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिगमनका विरुद्ध आफु नागरिक समाजले पत्याए आन्दोलनको नेतृत्व दिन र नपत्याए नागरिक आन्दोलनको पछि पछि लाग्न तयार रहेको बताएका छन् ।

नागरिक आन्दोलनको तर्फबाट आज काठमाडौंमा भएको नागरिक बहस कार्यक्रममा बोल्दै प्रचण्डले प्रतिगन सच्याउनु र देशलाई सहि बाटोमा हिंडाउनु आजको कार्यभार भएको बताए । उनले प्रतिगमनका मतियारकारुपमा रहेका केपी ओलीलाई सडक र नागरिक आन्दोलनले नै हटाउन सक्ने बताउँदै नागरिक अगुवाले बिश्वास गरे आन्दोलनको नेतृत्व गर्न र बिश्वास नगरे नागरिक आन्दोलनको पछि लाग्न समेत आफु तयार रहेको बताए ।

उनले आफ्नो टाउको माथि अहिले पनि मुद्दा बाँकी रहेको उल्लेख गर्दै राजनीतिमा अहिले माओवादी केन्द्र सबै भन्दा बढी पिडित पार्टी भएको बताए । उनले जनयुद्धकै क्रममा मधेसले धेरै बलिदान गरेको स्मरण गर्दै मधेसवादी पार्टीबाट पनि मधेसको अधिकारका लागि ठूलो बलिदान रहेको उल्लेख गरे ।

अहिलेको अवस्थामा पिडितहरुको मोर्चा बनाएर पिडकका विरुद्ध संघर्ष गर्न आवश्यक रहेको बताउँदै अध्यक्ष प्रचण्डले मधेस आन्दोलन, लोकतान्धिक आन्दोलन र कम्युनिष्ट आन्दोलनका बीच मोर्चा बनाएर अगाडी बढाउन आवश्यक रहेको बताए ।

प्रचण्डले सरकारलाई दिएको समर्थन एकदुई दिनमै फिर्ता लिने बताउँदै संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव आएपनि अव रोक्न नहुने स्पष्ट पारे ।

कार्यक्रममा उनले भने, भने, ‘अब म नैतिक र राजनीतिक ढंगले धेरै दिन पर्खिन सक्दिन, राजनीति जतासुकै जाओस् ।’

अबको निकासबारे हिजो सडकमा भएका दलहरुबीच न्यूनमत सहमति होस्, सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकैपटक होस् भनेर मात्र दाह्रा किटेर समर्थन कायम राखेको उनको भनाई छ ।

 

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ३ : ४९ बजे

सडक फराकिलो बनाउन आफ्ना घरटहरा भत्काउन दरवाङवासी आफै अग्रसर

म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर