२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

नैतिक र राजनीतिक ढंगले धेरै दिन पर्खिन सक्दिन, सरकारलाई दिएको समर्थन एकदुई दिनमै फिर्ता लिन्छु : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिगमनका विरुद्ध आफु नागरिक समाजले पत्याए आन्दोलनको नेतृत्व दिन र नपत्याए नागरिक आन्दोलनको पछि पछि लाग्न तयार रहेको बताएका छन् ।

नागरिक आन्दोलनको तर्फबाट आज काठमाडौंमा भएको नागरिक बहस कार्यक्रममा बोल्दै प्रचण्डले प्रतिगन सच्याउनु र देशलाई सहि बाटोमा हिंडाउनु आजको कार्यभार भएको बताए । उनले प्रतिगमनका मतियारकारुपमा रहेका केपी ओलीलाई सडक र नागरिक आन्दोलनले नै हटाउन सक्ने बताउँदै नागरिक अगुवाले बिश्वास गरे आन्दोलनको नेतृत्व गर्न र बिश्वास नगरे नागरिक आन्दोलनको पछि लाग्न समेत आफु तयार रहेको बताए ।

उनले आफ्नो टाउको माथि अहिले पनि मुद्दा बाँकी रहेको उल्लेख गर्दै राजनीतिमा अहिले माओवादी केन्द्र सबै भन्दा बढी पिडित पार्टी भएको बताए । उनले जनयुद्धकै क्रममा मधेसले धेरै बलिदान गरेको स्मरण गर्दै मधेसवादी पार्टीबाट पनि मधेसको अधिकारका लागि ठूलो बलिदान रहेको उल्लेख गरे ।

अहिलेको अवस्थामा पिडितहरुको मोर्चा बनाएर पिडकका विरुद्ध संघर्ष गर्न आवश्यक रहेको बताउँदै अध्यक्ष प्रचण्डले मधेस आन्दोलन, लोकतान्धिक आन्दोलन र कम्युनिष्ट आन्दोलनका बीच मोर्चा बनाएर अगाडी बढाउन आवश्यक रहेको बताए ।

प्रचण्डले सरकारलाई दिएको समर्थन एकदुई दिनमै फिर्ता लिने बताउँदै संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव आएपनि अव रोक्न नहुने स्पष्ट पारे ।

कार्यक्रममा उनले भने, भने, ‘अब म नैतिक र राजनीतिक ढंगले धेरै दिन पर्खिन सक्दिन, राजनीति जतासुकै जाओस् ।’

अबको निकासबारे हिजो सडकमा भएका दलहरुबीच न्यूनमत सहमति होस्, सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकैपटक होस् भनेर मात्र दाह्रा किटेर समर्थन कायम राखेको उनको भनाई छ ।

 

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ३ : ४९ बजे

उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

राँझा । नेपालगञ्ज उपमहानगरपालिका-६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ

काठमाडौं । निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री

नयाँ मतदातामा निर्वाचनको उत्साह

बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कालीगण्डकी कोरिडोर : लस्ती-बेनी खण्ड कालोपत्र गरिँदै

म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती-बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ