११ बैशाख २०८१, मंगलबार | April 24, 2024

रामापिथेकसलाई ईन्टर रोट्याक्टको उपाधि



बुटवल । रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा सम्पन्न गरिएको ईन्टर रोट्याक्ट सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि रोट्याक्ट क्लब अफ रामापिथेकसले हात पारेको छ ।

रामनगरस्थित खेलमैदानमा शनिबार भएको फाईनल खेलमा आयोजक रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीलाई पराजित गर्दै उपाधि हात पारेको हो ।

उपाधिसंगै रामापिथेकसले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका थिए। उपविजेता तिलोत्तमा रुपन्देही १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

प्रतियोगितामा बेष्ट ब्याटसम्यान दुर्गेश यादव, बेष्ट बलर रुपेश कुर्मि, रोट्याकट केलब अफ बुटवलका म्यान अफ सिरिज सन्दिप खत्री घोषित हुँदै पुरस्कृत भएका थिए ।
एक समारोहका बिच रोटरी ईन्टरनेश्नल ३२९२ नेपाल भुटान जोन १९ एजी खिमानन्द भुषाल, रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष गोपाल ज्ञवाली, आयोजक क्लबका संस्थापक अध्यक्ष मोहन न्यौपाने, क्लबका अध्यक्ष सुभाष केसी, विक्रम क्षेत्रीले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

यसैगरि महिलातर्फ भएको खेलमा रोक्याक्ट क्लब अफ सेन्ट्रल बुटवल विजेता रह्यो । उसले रोट्याक्ट क्लब अफ तिनाउ बुटवललाई फाईनलमा पराजित गरेको थियो । दुई दिनसम्म संचालन भएको प्रतियोगितामा २४ टिमको सहभागिता रहेको संयोजक निशान्त कंडेलले बताए । पाल्पाली हार्डवेयरले प्रतियोगितालाई सौजन्य गरेको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ८ : ३० बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना