१२ असार २०८३, शुक्रबार | June 26, 2026

रामापिथेकसलाई ईन्टर रोट्याक्टको उपाधि



बुटवल । रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा सम्पन्न गरिएको ईन्टर रोट्याक्ट सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि रोट्याक्ट क्लब अफ रामापिथेकसले हात पारेको छ ।

रामनगरस्थित खेलमैदानमा शनिबार भएको फाईनल खेलमा आयोजक रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीलाई पराजित गर्दै उपाधि हात पारेको हो ।

उपाधिसंगै रामापिथेकसले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका थिए। उपविजेता तिलोत्तमा रुपन्देही १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

प्रतियोगितामा बेष्ट ब्याटसम्यान दुर्गेश यादव, बेष्ट बलर रुपेश कुर्मि, रोट्याकट केलब अफ बुटवलका म्यान अफ सिरिज सन्दिप खत्री घोषित हुँदै पुरस्कृत भएका थिए ।
एक समारोहका बिच रोटरी ईन्टरनेश्नल ३२९२ नेपाल भुटान जोन १९ एजी खिमानन्द भुषाल, रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष गोपाल ज्ञवाली, आयोजक क्लबका संस्थापक अध्यक्ष मोहन न्यौपाने, क्लबका अध्यक्ष सुभाष केसी, विक्रम क्षेत्रीले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

यसैगरि महिलातर्फ भएको खेलमा रोक्याक्ट क्लब अफ सेन्ट्रल बुटवल विजेता रह्यो । उसले रोट्याक्ट क्लब अफ तिनाउ बुटवललाई फाईनलमा पराजित गरेको थियो । दुई दिनसम्म संचालन भएको प्रतियोगितामा २४ टिमको सहभागिता रहेको संयोजक निशान्त कंडेलले बताए । पाल्पाली हार्डवेयरले प्रतियोगितालाई सौजन्य गरेको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ८ : ३० बजे

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको

भीमसेन थापा पुरस्कारबाट सीमाविद् श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्ष सीमाविद्

रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका