१२ असार २०८३, शुक्रबार | June 26, 2026

एन्फा प्रेसिडेन्ट लिग २०७७ : धम्बोझी लिगको शिर्ष २ मा



नेपालगन्ज । धम्बोझी क्लब लुम्बिनी प्रदेशले एन्फा प्रेसिडेन्ट लिग २०७७ मा शनिबार कर्णालीको लेकाली युवा क्लबलाई ३–१ ले पराजित गरेको छ । जितसँगै धम्बोझीले लिगको शिर्ष–२ मा पर्न सफल हुदैं राष्ट्रिय लिगका लागि छनोट भएको छ । यस लिगको शिर्ष ४ टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्न पाउनेछन ।

शनिबार नेपालगन्ज रंगशालामा धम्बोझीको जितमा बिसन गुरुङले ३०औं मिनेटमा, गौरब बुढाथोकीले ४४औं मिनेटमा र निसान लिम्बुले ४८औं मिनेटमा गोल गरेका थिए । लेकालीका संजय धिमालले २४औं मिनेटमा गोल गरे । खेलमा धम्बोझीका गौरब बुढाथोकी म्यान अफ द म्याच बन्न सफल भए ।

कर्णाली फुटबल संघ उपाध्यक्ष भरत बहादुर खत्रीले पुरस्कृत गरे । धम्बोझीले ६ खेलमा ४ मा जित २ मा हारको सामना गर्दै १२ अंक जोडेको छ । लेकालीले ६ खेलमा ५ मा हार र १ बराबरीमा खेल्दै १ अंकमात्र जोडदै अंक तालिकाको पुछारमा छ । एक खेल अगावै सुदुरपश्चिमको स्टार सिटी युवा क्लब कैलाली १३ अंक सहित लिग च्याम्पियन बनिसकेको छ । गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब ९ अंक सहित तेस्रो स्थानमा छ ।

आइतबार लिगको अन्तिम दिन स्टार सिटीले त्रिवेणी युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्रिवेणीले उक्त खेल जितेपछि हेडटु हेडका आधारमा धम्बोझी शिर्ष–२ मा पर्ने पक्का भएको हो ।

जितपछि शनिबार धम्बोझीका प्रशिक्षक रबिन्द्र श्रेष्ठले लिगको अन्त्य सुखद भएको बताए । उनले भने, ‘च्याम्पियन हुने लक्ष्य थियो । तर बिचका खेलमा हारको सामना गर्दा पछि समस्या भयो । तर हामी शिर्ष २ मा परेको छौं । यो नै खुसीको कुरा हो ।’

राष्ट्रिय लिगको लागि हामी थप चुनौति थपिएको उनले बताए ।

लेकालीका प्रशिक्षक युवराज शाहीले कर्णाली टिममा थुप्रै सकारात्मक कुरा भएको बताए । उनले भने,‘हामीले नतिजा राम्रो निकाल्न सकेनौं । तर टिमको क्षमता छ । त्यसलाई निर्खान आवश्यक छ । केहि कुरा मिहिनेत गरे कर्णालीले अन्य प्रतियोगितामा राम्रो गर्न सक्छ ।’

आइतबार लिगको अन्तिम दिनको पहिलो खेलमा सैनिक युवा क्लब झापा र मनकामना युवा क्लब रौतहटबिच प्रतिस्पर्धा हुनेछ । अर्को खेलमा स्टार सिटी र त्रिवेणीबिच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ८ : ५९ बजे

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका

महामन्त्री पदका आकांक्षी चार नेताद्वारा विपिन आचार्यलाई समर्थन 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत महामन्त्री

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन्