२२ बैशाख २०८१, शनिबार | May 4, 2024

ईन्द्रेणीको स्थापना दिवसमा रचनात्मक कार्यक्रम



बुटवल । बुटवल सुख्खानगरमा रहेको ईन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो २६ औं स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाएको छ ।

सहकारीले अघिल्लो दिन महिलाहरुका लागि प्रजन्न स्वास्थ्य कार्यक्रम र शनिबार रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो ।

नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक कृष्ण अर्यालले जानकारी दिए ।

संस्थाका अध्यक्ष धुर्वकुमार धितालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष मित्रबहादुर शाक्य, शिवलाल राना, सल्लाहकार दल बहादुर थापा, उपाध्यक्ष कृष्णप्रसाद अर्याल, नरबहादुर रजाली लगायतले रगतदानको महत्व ठुलो भएकाले समय समयमा रगत दान गरेर मानवीय सेवा गर्नु आवश्यक रहेको बताए ।

यसअघि सहकारीले स्थापना दिवसको अवसर पारेर महिलाहरुका लागि प्रजनन् स्वास्थ्यका बारेमा अन्तरक्रिया कार्यक्रम गरेको सचिव माया गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ९ : १४ बजे

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।