१० असार २०८३, बुधबार | June 24, 2026

चिनिँया अनुदानको ८ लाख डोज कोरोना खोप भोलि नेपाल आइपुग्दै



काठमाडौं । चीनले दिएको आठ लाख डोज कोरोना खोप सोमबार नेपाल आइपुग्ने भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत हौउ यान्छीले ट्वीट गर्दै चिनियाँ खोप नेपाल आउने क्रममा रहेको जनाएकी छिन् ।

राजदूत यान्छीले चीन सरकारको सहयोग अनुदानमा प्राप्त खोप बेइजिङ क्यापिटल इन्टरनेशनल एयरपोर्टमा पुगिसकेको जानकारी गराएकी छिन् ।

चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले विमानस्थलमा आइपुगेको खोप भण्डारण गर्ने बेलाको अवलोकन गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ती खोप भोलि सोमबार नेपाल आइपुग्नेछन् । खोप लिन नेपाल एयरलाइन्सको विमान बेइजिङ जानेछ ।

भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएको बेलामा चिनियाँ खोप नेपाल आउन लागेको छ । गत जनवरी १६ मा औषधी व्यवस्था विभागले चिनियाँ कम्पनी सिनोभ्याकले उत्पादन गरेको भेरोसेल खोपलाई नेपालमा आपतकालीन प्रयोग गर्न दिने निर्णय गरेको थियो । तर यसको एक महिनापछि मात्र विभागले सो बारे औपचारिक जानकारी गराएको थियो ।

त्यसबीचमा भारतबाट अनुदानको १० लाख डोज खोप र नेपालले किनेको २० लाख डोजमध्ये १० लाख डोज खोपको आयात गरिएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ९ : २८ बजे

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

नारायणगढ । भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा समस्या आउँदा सेवा

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो

रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ४ सयभन्दा बढीको उम्मेद्वारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ सदस्यीय केन्द्रीय

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५

कूटनीतिमा महिला दिवस : विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा