२८ असार २०८३, आइतबार | July 12, 2026

११ करोड लगानीमा गैँडाकोटमा होटल सञ्चालन



नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिका-२ को शिलान्यास चोकमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ ।

तीनतारे गुणस्तरको होटल सञ्चालन गर्ने लक्ष्यसहित गैँडाकोटमा रु ११ करोड लगानीमा होटल मुन स्टार सञ्चालनमा ल्याइएको हो ।

होटल व्यवसाय र चलचित्र क्षेत्रमा समेत काम गर्दै आएका दुई युवाले होटल सञ्चालनमा ल्याएका हुन् । बाह्र वर्षदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएका राम गैरे तथा १० वर्षदेखि होटल सञ्चालन गर्दै आएका चलचित्रकर्मी धु्रव न्यौपानेको लगानीमा होटल सञ्चालनमा आएको हो । गैरेको जापानमा चार तथा नेपालमा दुईवटा होटल सञ्चालनमा छन् ।

यसअघि धवलागिरि फिल्म हल रहेको भवनलाई व्यवस्थित गर्दै रु ११ करोडको लगानीमा होटल सञ्चालन गरेको गैरेले बताए । पाँच कठ्ठा पाँच धुर जमिनसहितको भवनलाई व्यवस्थित गर्दै होटल सञ्चालनमा ल्याइएको होटलको गुणस्तर तथा सेवा, सुविधा वृद्धि गर्दै लगिने गैरेले बताए । नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै नेपालकै केन्द्रमा पर्ने गैँडाकोटमा समेत पर्यटनको ठूलो सम्भावना देखिएका कारण उनले पाँच वर्षको अध्ययनपछि होटल सञ्चालनमा ल्याएको बताए ।

ठूला होटलले प्रदान गर्ने सेवा, सुविधा सस्तो शुल्कमा प्रदान गरिने भन्दै सञ्चालक न्यौपानेले नेपालमा नै स्थापित हुने गरेर होटलमा लगानी गरिएको बताए । सो होटलमा पार्टी प्यालेस, रेष्टुरेन्ट एण्ड बार, सेमिनार हल, ट्राभलका लागि गाडी व्यवस्था गरिएको छ ।

एक सय जनासम्म बास बस्न मिल्ने गरी तीन प्रकारका कोठाको व्यवस्था गरिएको उल्लेख गर्दै न्यौपानेले एकैपटकमा एक हजार ५०० जनालाई खाना खुवाउन सक्ने गरी सेमिनार तथा भोजभतेर गर्न सकिने हलको सुविधा रहेको जानकारी दिए ।

नेपाली, चाइनिज, इण्डियन, थाइलगायत एशियन फुड्सको सेवा उपलब्ध गराउने गरी होटल सञ्चालन गरिएको न्यौपानेले बताए । रु ५०० देखि दुई हजार २०० सम्मका बास बस्ने कोठाको व्यवस्था गरिएकाले अन्यको दाँजोमा सस्तो र गुणस्तरीय सेवा प्रदान गरिने उनले बताए । होटलमा स्विमिङ पुल (पौडी पोखरी)को तयारीसमेत भइरहेको उनको भनाइ छ ।

होटलका व्यवस्थापक हरि पौडेलले होटललाई जिल्लाकै उत्कृष्ट होटलका रूपमा स्थापित गर्दै लैजाने बताए । होटलमा प्रत्यक्षरूपमा १६ जनाले रोजगार पाएको पौडेलको भनाइ छ । होटलले स्थानीय उत्पादनलाई प्राथमिकता दिने उल्लेख गर्दै पौडेलले यसबाट स्थानीय उत्पादनको प्रवद्र्धन हुने बताए ।

सो होटलको उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डिराज ढकालले गरेका थिए । शनिवार होटल उद्घाटनका क्रममा ढकालले लगानीको वातावरण गराउन राज्यले समेत सोहीअनुरुपको नीति ल्याउनुपर्ने बताए । होटलले गुणस्तर र सेवाग्राहीको इच्छाअनुसारको सेवा, सुविधा उपलब्ध गराउनुपर्ने ढकालको भनाइ थियो । रासस

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ११ : २७ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै