४ पुस २०८२, शुक्रबार | December 20, 2025

माटोको ढिस्कोमा पुरिएर बझाङमा एक महिलाको मृत्यु



बझाङ । बझाङमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको जयपृथ्वी नगरपालिका वडा नँ ८ पैयातोलाकी २५ वर्षिया मञ्जु बमको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।

नयाँ वर्षका लागि घर पोत्न माटो ल्याउन गएकी बमको आज आइतबार विहान ७ बजे घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीय चार जना महिला बिहान माटो लिन जयपृथ्वी नगरपालिका ३ आमपाटा गएका थिए । माटो खन्दै गर्दा एक्कासी ढिस्को भत्किएर पुरिएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

ढिस्कोले पुरिएकाको अवस्थामा स्थानीय र प्रहरीको सक्रियतामा शव निकालिएको हो ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बझाङमा राखिएको मृतकका आफन्त नविन बमले बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ११ : ५४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको