१७ असार २०८३, बुधबार | July 1, 2026

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता, संसद सुचारु बनाउने विषयमा छलफल



काठमाडौं । लामो समयपछि सभामुख अग्निप्रसाद सापकोटालाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेट दिएका छन् । सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसँग आज बालुवाटारमा लामो छलफल गरेका छन्।

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच आज आइतबार विहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा दुई घण्टा छलफल भएको सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए।

छलफलका लागि समय मागे पनि प्रधानमन्त्री ओलीले सभामुखसँग भेटवार्ता गर्न अनिच्छा ब्यक्त गर्दै आएका थिए । प्रधानमन्त्री र सभामुखकाबीच सम्बाद हुन नसक्दा संसद बिजनेशबिहिन जस्तै देखिएको थियो ।

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच संसद सञ्चालनको समग्र विषयमा छलफल भएको बताईएको छ ।

संसदमा रहेका जरुरी र महत्पूर्ण विधेयक अगाडि बढाउने विषयमै केन्द्रित रहेर विशेष कुराकानी भएको स्रोतले उल्लेख गरेको छ ।

प्रतिनिधि सभा पुनर्स्थापना भएपछि १७ दिनकाबीचमा जम्मा ५ वटा बैठक बसेपनि सरकारले विजनेस दिएको छैन। पहिलो बैठकमा सरकारले प्रस्तुत गर्ने प्रयास गरेको संबैधानिक परिषद सम्बन्धि अध्यादेशको बिरोध भएपछि सरकारले अन्य बिरोध नभएका अध्यादेश समेत संसदमा प्रस्तुत गर्न चासो देखाएको छैन ।

संसदको अर्को बैठक १८ गतेको लागि बोलाइएको छ। सरकारले संसदलाई महत्वहिन बनाउन खोजेपछि सभामुख सापकोटाले एक कार्यक्रममा अव संसद जनभावना अनुरुप चल्ने बताएका थिए भने प्रधानमन्त्री ओलीले एमाले संसदीय दलको बैठकमा चालु संसद अधिवेशन छिट्टै अन्त्य गर्ने बताएका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ४ : १५ बजे

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको आज शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम । मधेस प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार १५७ सवारीचालक सवारी

मेसीसँग बराबरी गर्दै एम्बाप्पे गोल्डेन बुटको दौडमा

काठमाडौं । कप्तान किलियन एम्बाप्पेको दुई गोल र माइकल ओलिसेको

बागलुङमा कुकुरलाई ‘होस्टेल’

बागलुङ । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित