१० माघ २०८२, शनिबार | January 24, 2026

देशभर घट्यो तापमान



काठमाडौं । प्रदूषणका कारण वायुमण्डल धुम्म भएपछि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा तापक्रम घटेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अत्यधिक प्रदूषणबाट वायुमण्डल ढाकिएकाले सूर्यको किरण र ताप धर्तीमा आउन सकेको छैन । सूर्यको ताप आइनपुगेका कारण तापक्रम घटेको मौसमविद् वरुण पौडेलले बताए ।

काठमाडौंमा २९ डिग्री सेल्सियससम्म पुगिसकेको तापक्रम अहिले घटेर अधिकतम २४ डिग्री सेल्सियस र न्यूनतम १०.८ डिग्री सेल्सियसमा झरेपछि चिसो बढेको जानकारी उनले दिए ।

मौसमविद् पौडेलले भने, “पानी पर्ने छेकछन्द छैन, त्यसैले तापक्रम अझै घट्न सक्छ ।” पूर्वानुमान महाशाखाका अनुसार सोमबार जुम्लाको अधिकतम तापक्रम २१.९ र न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस पुगेको छ । एक साताअघि ३८ डिग्री सेल्सियस नाघेको नेपालगञ्जको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस आसपासमा झरेको छ ।

गर्मी हुने भैरहवा, सिमरा र विराटनगरको तापक्रम ३४ डिग्री सेल्सियसकै आसपास छ । पहाडी जिल्ला ताप्लेजुङ, ओखलढुङ्गा, डडेल्धुरालगायतका क्षेत्रमा अधिकतम तापक्रम २२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको छ ।

सोमबारदेखि हावाको बहाव केही बढेकाले ‘भिजिबिलिटी’ सामान्य बढेको छ । सोमबार मध्याह्न आकाश खुलेर थोरै घाम देखिँदा काठमाडौं आसपास एक हजार पाँच सय ‘भिजिबिलिटी’ कायम भएको थियो । तर, साँझ पर्दै जाँदा तुवाँलो बाक्लिँदै गएको थियो । पौडेलले भने, “पानी नपरे पनि हावा राम्ररी चलेको खण्डमा वायु प्रदूषणमा थोरै कमी आउने सम्भावना छ । कतैकतै फाट्टफु्ट्ट पानी पर्ने सङ्केत रहे पनि बलियो प्रणाली छैन ।”

हावा चल्दा डढेलो बढ्ने

प्रदूषणको मुख्य कारकका रूपमा रहेको डढेलो नियन्त्रण हुन सकेको छैन । देशभर लागेको डढेलोलाई अहिले चलेको हावाको चापले झन् बढाउनेछ । आइतबार नेपालका २२५ स्थानमा डढेलो लागेको थियो । जिल्लागत रूपमा ५१ जिल्लामा डढेलो लागेको छ । सोमबार बिहान ३४ जिल्लाका ११५ स्थानमा आगलागी भएको जानकारी अग्निविद् सुन्दर शर्माले बताए ।

हावा चलेपछि डढेलो बढ्ने जानकारी गराउँदै शर्माले भने, “हावा, तापक्रम र सुक्खा यी तीन कुरा डढेलोका लागि इन्धन बराबर हुन्, त्यसैले हावा चल्यो भनेर खुसी हुने अवस्था छैन ।” उनका अनुसार डढेलोसँगै सतहबाट उडेको धुलो, धुवाँ र उद्योग कलकारखानाको इन्धनजन्य पदार्थले वायुमण्डलमा कडा प्रदूषण जन्माएको छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ६ : ४६ बजे

अध्ययन–अनुसन्धानमा बैंक तथा वित्तीय संस्था कमजोर : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा

वाणिज्य बैङ्कको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको चालु आर्थिक वर्षको

माथिको आदेश भन्दै एयरपोर्टमा ममाथि अपमान गरियो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई

दुई हजार एक सय जना एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवालसहित

इन्डोनेसियामा पहिरो, ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी । इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु