१२ असार २०८३, शुक्रबार | June 26, 2026

पौडीकी कान्छी खेलाडी गौरिकाद्वारा पौडी पोखरीको उदघाटन



काठमाडौं । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पौडीमा ४ स्वर्ण, २ रजत र ३ कांस्य जित्दै इतिहास रचेकी गौरिका सिंहले मंगलबार पौडी पोखरीको उद्घाटन गरेकी छिन् । रियो ओलम्पिककी सबै भन्दा कान्छी खेलाडी गौरिकाले पुल्चोकस्थित हार्दिक फिट्नेस क्लबले सञ्चालनमा ल्याएको पौडी पोखरीको उद्घाटन गरेकी हुन् ।

उद्घाटनपछि गौरिकाले पौडी पोखरीका साथै क्लबमा रहेका विभिन्न सेवाको अवलोकन पनि गरिन् । सानो र ठूलो गरी २ पौडी पोखरी करिब १ करोड लागतमा निर्माण गरिएको क्लबका सञ्चालक विराज विष्टले जनाएका छन् । सुविन लामा र सानो भाइ पौडेललाई प्रशिक्षकका रुपमा राखिएको छ ।

गौरिकालाई क्लबले आजीवन निःशुल्क सदस्यता प्रदान गरेको क्लबका सञ्चालक मन्दिर राणाले जानकारी दिए । त्यस्तै १३ औं सागकी स्वर्ण विजेता ट्रायथलनकी सोनी गुरुङ र पौडीकी समिरा शोभा श्रेष्ठलाई क्लबले १ वर्षका लागि निःशुल्क सदस्यता प्रदान गरेको छ ।

सन् १९९८ मा जिमखानाका रुपमा स्थापना गरिएको क्लबले आफ्नो सेवालाई विस्तार गर्दै लैजाने क्रममा पौडी पोखरी सञ्चालनमा ल्याएको सञ्चालक विष्टले बताए । क्लबले जिमका लागि ५ जना प्रशिक्षक पनि नियुक्त गरेको छ । प्रशिक्षकहरुमा विश्व शारीरिक सुगठन च्याम्पियनसिपका कांस्य विजेता श्याम श्रेष्ठ, सुवास मानन्धर, दिपेन्द्र थापा, प्राचन लामा र पूजा विष्ट छन् ।

क्लबमा साउना, स्टिम, कार्डियो, स्पा, टियामो मन्डला क्याफे, जुस बारलगातका सुविधा छन् । क्लब सञ्चालनका लागि हालसम्म करिब ६ करोड लगानी भइसकेको सञ्चालक राणाले जानकारी दिए ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ५ : ५९ बजे

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका

महामन्त्री पदका आकांक्षी चार नेताद्वारा विपिन आचार्यलाई समर्थन 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत महामन्त्री

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ