१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

एन आई सी एशिया बैंकद्वारा प्रिपेड डलर कार्ड सार्वजनिक



काठमाडौ । एन आई सी एशिया बैंकले प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ । बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको लागत रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको हो ।

नेपाल राष्ट्र बैंकद्वारा जारी ‘अनलाईमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनको लागि परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिने सम्बन्धी सूचना’ लाई मध्यनजर गर्दै यस बैंकले अमेरिकी डलरमा आधारित प्रिपेड कार्डको व्यवस्था गरेको हो ।VISA कार्डमा आधारित हुने यस कार्डमार्फत ग्राहकहरूले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाईन किनमेल गरी भारत र भुटान बाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्नुहुनेछ ।

कार्ड प्राप्त गर्नका लागि ग्राहकहरूको केवाइसी विवरण अद्यावधिक गरिएको खातासँगै प्यान (एब्ल्) कार्ड हुनुपर्नेछ । यस सुविधामार्फत ग्राहकहरूले स्वदेशमै रहेर पनि प्रतिष्ठित अन्तर्राष्ट्रिय ई–कमर्श प्लाटफर्म मार्फत किनमेल गर्न सहज हुने बैंकले विश्वास लिएको छ ।

उक्त कार्ड जारी गर्दा बैंकले कार्ड शुल्क वापत निश्चित रकम लिनेछ भने पहिलोपटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्था समेत गरेको छ । ग्राहकहरूले एकैपटक वा पटक–पटक गरी एक वर्षमा अधिकतम ५ सय अमेरिकी डलर बराबर सटही गरी कार्डमा लोड गर्न सक्नुहुने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ६ : ५६ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ