१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

महोत्तरीमा घाँस काट्न गएका ७ बालिका सम्पर्कविहीन



बर्दिबास । मंगलवार दिउँसो घाँस काट्न गएका महोत्तरीको भंगहा-८ धर्मपुरका पाँच बालिकासहित सात जना सम्पर्कविहीन बनेका छन ।

उनीहरू अबेर साँझसम्म नफर्किएको भंगहाका मेयर सञ्जीवकुमार साहले बताए । मेयर साहका अनुसार ११ वर्षीया अर्चना पासमान, १२ वर्षीया सीमा र रञ्जना पासमान, १३ वर्षीया ज्योति र रिया पासमान, १७ वर्षीया नगिना पासमान र २० वर्षीया अस्मिता पासमान घर नफर्किएका हुन ।

‘धर्मपुरका चेलीबेटीहरू मंगलवार दिउँसो २ बजे घाँस काट्न गाउँभन्दा पूर्वको अजगेवाको चौरीमा गएका थिए । ४ बजे खेतमै रहेको बोरिङमा पानी खाएको पनि गाउँलेले देखेका रहेछन्’, मेयर साहले टेलिफोनमा भने, ‘तर, उनीहरू अबेर रातिसम्म घर फर्केका छैनन । म पनि घटनास्थलमा छु ।’ उनीहरूलाई कसैले बन्धक बनाएको हुन सक्ने आशंका गरिएको छ ।

बालिकाहरूको खोजी गर्न प्रहरी परिचालन गरिएको महोत्तरीका एसपी दिनेश आचार्यले बताए । जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर रजोस घिमिरेको नेतृत्वमा लोहारपट्टी प्रहरी चौकी र भंगहा प्रहरी चौकीका प्रहरी टोली परिचालित छन । भंगहा सशस्त्र बेस क्यापबाट पनि खटिएका छन ।

‘यत्रो ठूलो संख्यामा बालिकाहरू बेपत्ता नहुनुपर्ने हो ?’, एसपी अचार्यले भने, ‘हामीले खोजी गरिरहेका छौं ।’ यो खबर मंगलवार ९ बजे राति मात्रै प्रहरीमा पुगेको थियो । उक्त समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ६ : ३२ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको