३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन कार्यसूची



काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । दिउँसो १ बजे संघीय संसद भवन बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन ।

आजको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ । त्यस्तै संविधानसभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन भएकोमा पनि शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

त्यस्तै प्रधानन्त्री केपी शर्मा ओलीले विभिन्न वार्षिक प्रतिवेदनहरू पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६-२०७७ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०७६-२०७७ को वार्षिक प्रतिवेदन प्रधानमन्त्रीले पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काले विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०७७ पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै खड्काले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेश गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ८ : ३८ बजे

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको