काठमाडौं । नेकपा नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ।
पार्टी कार्यालय पेरिसडाँडामा अहिले बिहान ९ बजे बैठक बस्न लागेको हो । बैठकमा ओली सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ताका विषयमा अन्य दलहरुसँग भएको छलफलबारे समीक्षा हुने बताइएको छ ।
माओवादी केन्द्रको संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभाको बुधबारको बैठकमा चैत २३ गतेसम्म सरकारले विश्वासको मत लिनुपर्ने बताएका थिए । सर्वोच्च अदालतले फागुन २३ गते दल विभाजन गर्दिएका कारण सोही दिनदेखि एकमहिनाभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने गुरुङले तर्क गरेका थिए ।
बैठकमा पार्टीको संगठन विस्तारका बारेमा पनि छलफल हुने बताइएको छ ।


















प्रतिक्रिया