१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

आईएमई जुनियर खुला टेनिस : समृद्धि र कर्मिस्ता उपाधिलाई भिड्ने



काठमाडौं । समृद्धि महर्जन र कर्मिस्ता श्रेष्ठ तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस अन्तर्गत यु–१२ गल्र्सतर्फको फाइनलमा प्रवेश गरेका छन् ।

मन्डिखाटार स्थित टेबल टेनिस कोर्टमा भएको सेमिफाइनल खेलमा समृद्धि महर्जनले प्रजना महर्जनलाई ६–४, ६–४ को सेटमा हरउँदै अन्तिम दुई स्थान बनाउँदा कर्मिस्ता श्रेष्ठले आर्या गुरुङलाई ६–२, ६–० को सेटमा हराउँदै समृद्धिसँगको भेट पक्का गरेकी हुन् ।

सामाजिक उत्तरदायित्व अन्तर्गत आईएमईले सञ्चालन गरेको प्रतियोगितामा यु–१० ब्वाइज तर्फ असभ सम्राट हाडा र स्पन्दन उदास उपाधि नजिक पुगे । असभले अनिस कसुलालाई ६–१ र ६–० तथा स्पन्दनले डोजन गुरुङलाई ६–० र ६–० ले हराउँदै अन्तिम दुईमा स्थान बनाएका हुन् । यस्तै यु–१२ ब्वाइज तर्फ दर्शिल श्रेष्ठ, सृजन भट्टराई, निसाध जोशी र बोरिस अधिकारीले सेमिफाइनलमा स्थान बनाउँदा ब्वाईज युगलमा निहाल थापा र सक्षम विक्रम शाह, प्रनभ मानन्धर र राजवीर प्रधान तथा प्रितम परियार र सौगात विकको जोडी अन्तिम चारमा प्रवेश गरे ।

आईटिएफ र नेपाल टेनिस संघको नियम अनुसार सञ्चालन भएको प्रतियोगितामा व्वाईज तर्फ ६ र गल्र्स तर्फ ५ विधामा प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिता आइतबार सम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ९ : २२ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम