७ चैत्र २०८२, शनिबार | March 21, 2026

फोटोपत्रकार वन्तको ‘थाहा छैन’ नामक म्यूजिक भिडियो सार्वजनिक



काठमाडौं । नेपालको फोटो पत्रकारितामा स्थापित एवम् विगत एक दशक भन्दा वढी लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सयौं सफल कार्यक्रमहरु आयोजना गर्दै आएका प्रदीपराज वन्तको तेस्रो म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार सन्तोष जंग थापाद्धारा लिखित ‘थाहा छैन’ नामक म्यूजिक भिडियो काठमाडौंको कपन स्थित फलैचा रेष्टुरेन्टमा एक कार्यक्रम गरि विमोचन गरिएको थियो ।

उक्त कार्यक्रममा वोल्दै प्रमुख अतिथि संगीतकार तथा गायक नरहरि प्रेमीले फोटोपत्रकार प्रदीपले हाम्रो नेपाली समाजमा युवा युवतिहरु मायामा कसरी तडपिएर वाच्दा रहेछन भन्ने भोगेको दुखलाई गीत संगीतमा अभिनयकोे माध्यमबाट प्रस्तुत गरेकामा खुसी व्यक्त गरे । उनले कलाका विभिन्न आयाम हुने भएकाले त्यसलाई असाध्यै मिहिन तरिकाले प्रस्तुत गर्न सकिने र मानिसको ह्दय छुनसक्ने बताए ।

नेपाली समाजमा मायामा परेकाहरुलाई कसरी परिभाषित गरिन्छ भन्ने कुरा गीतमा प्रस्तुत गरिएको छ । गीतकार सन्तोष जंग थापाद्धारा रचित ‘थाहा छैन’ नामक गीत गायक रोसन राईले गाएका छन भने भिडियोमा फोटापत्रकार प्रदीपराज वन्त र मोडल मुना राई र गायक तथा मोडल टम्पशेर राईको अभिनय रहेको छ ।

गीतको छायाँङ्कन रामकृष्ण चौलागाईले गरेका छन भने संगित तथा भिडियो निर्देशन आसिक राईले गरेका छन । म्यूजिक भिडियो रन्जु राई मिनाले निर्माण गरेका हुन साथै उक्त म्यूजिक भिडियो सदभाव टिभि नेपाल यूट्युव च्यानल मार्फत आजै सार्वजनिक गरिएको हो ।

 

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  १० : २१ बजे

‘अमेरिकी सुरक्षा ग्यारेन्टी’बारे दुबईजस्ता शहरहरूको भ्रम कसरी भयो चकनाचूर !

पछिल्ला केही दशकमा, जब लेबनानमा बम वर्षा भइरहेको थियो, इराकमा

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल

रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको