१६ बैशाख २०८१, आइतबार | April 28, 2024

फोटोपत्रकार वन्तको ‘थाहा छैन’ नामक म्यूजिक भिडियो सार्वजनिक



काठमाडौं । नेपालको फोटो पत्रकारितामा स्थापित एवम् विगत एक दशक भन्दा वढी लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सयौं सफल कार्यक्रमहरु आयोजना गर्दै आएका प्रदीपराज वन्तको तेस्रो म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार सन्तोष जंग थापाद्धारा लिखित ‘थाहा छैन’ नामक म्यूजिक भिडियो काठमाडौंको कपन स्थित फलैचा रेष्टुरेन्टमा एक कार्यक्रम गरि विमोचन गरिएको थियो ।

उक्त कार्यक्रममा वोल्दै प्रमुख अतिथि संगीतकार तथा गायक नरहरि प्रेमीले फोटोपत्रकार प्रदीपले हाम्रो नेपाली समाजमा युवा युवतिहरु मायामा कसरी तडपिएर वाच्दा रहेछन भन्ने भोगेको दुखलाई गीत संगीतमा अभिनयकोे माध्यमबाट प्रस्तुत गरेकामा खुसी व्यक्त गरे । उनले कलाका विभिन्न आयाम हुने भएकाले त्यसलाई असाध्यै मिहिन तरिकाले प्रस्तुत गर्न सकिने र मानिसको ह्दय छुनसक्ने बताए ।

नेपाली समाजमा मायामा परेकाहरुलाई कसरी परिभाषित गरिन्छ भन्ने कुरा गीतमा प्रस्तुत गरिएको छ । गीतकार सन्तोष जंग थापाद्धारा रचित ‘थाहा छैन’ नामक गीत गायक रोसन राईले गाएका छन भने भिडियोमा फोटापत्रकार प्रदीपराज वन्त र मोडल मुना राई र गायक तथा मोडल टम्पशेर राईको अभिनय रहेको छ ।

गीतको छायाँङ्कन रामकृष्ण चौलागाईले गरेका छन भने संगित तथा भिडियो निर्देशन आसिक राईले गरेका छन । म्यूजिक भिडियो रन्जु राई मिनाले निर्माण गरेका हुन साथै उक्त म्यूजिक भिडियो सदभाव टिभि नेपाल यूट्युव च्यानल मार्फत आजै सार्वजनिक गरिएको हो ।

 

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  १० : २१ बजे

वेस्ट इन्डिज ए द्वारा नेपाललाई १६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। वेस्ट इन्डिज एले नेपाललाई १६१ रनको लक्ष दिएको छ

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट

काठमाडौं। वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौं सफलता हासिल गरेको

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको