१५ बैशाख २०८१, शनिबार | April 27, 2024

ताइवान रेल दुर्घटनामा कैयौंको मृत्यु



ताइवान रासस–एएफपी । ताइवानको पूर्वी क्षेत्रमा सुरुङ (टनेल) भित्र खचाखच भरिएको एउटा रेल दुर्घटनाग्रस्त हुँदा कैयौं यात्रीको मृत्यु भएको छ ।

ताइवानमा शुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको अधिकारीहरुले बताएका छन् । उद्धारकर्ताहरु सुरुङभित्र च्यापिएका मानिसको उद्धारमा खटिएका छन् ।

प्रहरीले कम्तीमा ३६ जनाको मृत्यु भएको जनाएको छ भने अरु ७० जना रेलका डब्बाभित्र च्यापिएको जनाएको छ । उद्धार गरिएका ६० जनालाई भने अस्पताल पु¥याइएको छ ।

अधिकारीहरुले तटीय शहर हुलियान नजिकको सुरुङ नजिक एउटा मर्मत कार्यमा प्रयोग गरिएको सवारी साधनले तिब्र गतिमा दौडिरहेको रेललाई ठक्कर दिएको अनुमान गरेका छन् ।

हुलियान शहरका प्रहरी प्रमुख चाई डिङ–हेसियानले निर्माण कार्यमा प्रयोग भइरहेको एउटा सवारी साधन रेलको लिकमा खसेका कारण रेल दुर्घटना भएको बताए ।

स्थानीय संचार माध्यमले रेलको नजिकै एउटा ट्रक क्षतविक्षत अवस्थामा रहेको तस्वीर प्रकाशन गरेका छन् ।

उक्त दुर्घटना स्थानीय समय अनुसार बिहान ९:३० बजे भएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १२ : ५० बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको