१३ कार्तिक २०८३, शुक्रबार | October 31, 2026

नबिल बैंक र आर एन्ड डी इनोभेटिभ सोलुसन्स् बीच कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्झौता



काठमाडौं । नबिल बैंक र आर.एन्ड.डी. इनोभेटिभ सोलुसन्स् बीच कृषि प्राविधिकहरुलाई आवश्कता अनुसार बैंक​को कर्जानितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्झौता भएको छ ।

सम्झौतामा बैंकका एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल) र आरएन्डडी इनोभेटिभ सोलुसन्स्की अध्यक्ष सुनिता न्हेम्हाफुकी बीच हस्ताक्षर भएको छ ।

साझेदारीको बारेमा बोल्दै बैंकका एस.एम.ई. तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेतले नबिल बैंकले सदैब दिगो बैंकिङ्गलाई प्राथमिकता दिइरहेको बताए । उनले कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुग्ने विश्वास बैंकको रहेको बताए ।

उनले अगाडि भने, ‘हामी कृषि प्राविधिकहरुका आवश्कता अनुसार कृषि तथा पशुपालन कर्जा लगायत विभिन्न बैंकिङ्ग सुविधा र सेवाहरु प्रदान गरी कृषि प्राविधिकहरुलाई सफल कृषि उद्यमी बनाउन र देशको आर्थिक विकासमा योगदान पु¥याउन उत्साहित छौं । नबिल बैंकले कृषि क्षेत्रमा उद्यमशिलता विकासको साथ प्राविधिक ज्ञानको मिश्रण गरी परम्परागत वित्तीय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नविन सुरुवात गरेको छ ।’

आर.एन्ड. डी.का अध्यक्ष सुनिता न्हेम्हाफूकीले नेपालको कृषि क्षेत्रको मुख्य समस्या मध्ये कृषि विषय अध्ययन गरेकाले नै कृषि व्यवसाय वा उद्यम संचालन गर्न नसक्नु रहेको बताइन् ।

कृषि पढेकालाई सुलभ तरिकाले कर्जा उपलब्ध गराई उद्यमशिलता तर्फ लाग्ने वातावरण बनाउनका लागि नबिल बैंक र आर.एन्ड.डी. इनोभेटिभ सोलुसनले कृषि उद्यमशिलता विकासका लागि कृषि प्राविधिकहरु समक्ष वित्तीय पहुँच सहितको कृषि उद्यमशिलता विकास कार्यक्रम ल्याएको बताइन् ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ११ : ३४ बजे

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

नेपालगन्ज । नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौँ । नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

पक्राउ परेका सबै पत्रकार रिहा : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई