६ बैशाख २०८३, आइतबार | April 19, 2026

दक्षिण अफ्रिकाविरूद्धको क्रिकेट सिरिजमा पाकिस्तानलाई एक शुन्यको अग्रता



एजेन्सी । पाहुना टोली पाकिस्तानले घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एक दिवसीय सिरिजमा एक शुन्यको अग्रता लिएको छ ।

सेन्चुरीयनमा शुक्रबार भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै सिरिजमा एक शुन्यको अग्रता लिएको हो ।

दक्षिण अफ्रिकाले दिएको २ सय ७४ रनको लक्ष्य पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । पाकिस्तानको जितमा कप्तान बाबर आजमले १ सय ३ रनको शतकीय इनिङ्स खेले । उनको यो १३औँ एकदिवसीय शतक हो ।

इमाम उल हकले ७० रनको अर्धशतकीय इनिङ्स खेल्दा मोहमद रिजवानले ४० रन बनाए । शादब खान ३३ रनमा आउट भए । दक्षिण अफ्रिकाका एन्रीच नोर्कियाले ४ विकेट लिए । एडिलेको नाममा २ विकेट रह्यो ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले अविजित रहदै १ सय २३ रनको शतकीय इनिङ्स खेले ।

डेभिड मिल्लरले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा एडिलेले २९ रन बनाए । क्विन्टन डी कक २० रनमा आउट हुँदा एडिन मार्क्रम १९ रनमा आउट भए । कागिसो राबडा १३ रनमा अविजित रहे ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ७ : १४ बजे

एम्बुलेन्सको ठक्करबाट योग गुरु भूमी लामिछाने सहित २ जनाको मृत्यु

बर्दिया । बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको ज्यान गएको छ

पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता

पर्वत । जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका

कांग्रेसले पार्टी निकट प्रदेश मुख्यमन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज आफ्ना प्रदेश

दोस्रो लखन कप फुटबलको तयारी पुरा

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम

वीरगञ्जमा मेनरोड विस्तार सुरु, बिहानैदेखि डोजर अभियान

वीरगञ्ज । वीरगञ्जमा त्रिभुवन राजपथ अन्तर्गतको मुख्य सडक (मेनरोड) विस्तार