१२ बैशाख २०८१, बुधबार | April 24, 2024

नेक्सस कप यु-१६ क्रिकेट प्रतियोगितामा भाग लिने वेष्ट्रन क्रिकेटका खेलाडी बिदाई



बुटवल । नेक्सस कप यु-१६ क्रिकेट प्रतियोगितामा भाग लिने रुपन्देहीको वेष्ट्रन क्रिकेट एकेडेमी बुटवलको खेलाडीलाई शनिबार बिदाई गरिएको छ ।

एक समारोहका बिच बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजु, वाणिज्य उपाध्यक्ष नरेश्वर पौडेल, बिन्दावासिनी ग्लास हाउसका संचालक दिपक बश्याल, पुर्व अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक बसन्त रेग्मीले वेष्ट्रन क्रिकेट एकेडेमीका अध्यक्ष भुवन पाण्डेले सामुहिक रुपमा जर्सी सावर्जनिक तथा खेलाडी विदाई गरेका हुन ।

संघका अध्यक्ष कसजुले क्रिकेट खेलमा बुटवलको गरिमा बढाउने काम एकेडेमीबाट भएको दाबी गरे ।

काठमाडाैंमा चैत १६ देखि ३१ सम्म चल्ने प्रतियोगिताको लागि रन्जित खड्काको कप्तानीमा अमन घिमिरे, आदित्य बन्जाडे, अस्फाक खान, अस्वीन न्यौपाने, सन्देश पन्थी, निरन्जन गुप्ता, उदय बोहोरा, सागर गैरे, सुभाष चौधरी, राहुल शर्मा, अर्पन तिमिल्सिना, असिम भुषाल, सन्देश वाग्ले छनौट गरि शनिबार विदाई गरिएको वेष्ट्रन क्रिकेट एकेडेमीका अध्यक्ष भुवन पाण्डेले बताए ।

एकेडेमीमा प्रशिक्षण लिदै आएका ४० जना खेलाडीहरुबाट १५ जना खेलाडी अन्तिम छनौटमा परेको उनले बताए । चौथो पटक वेष्ट्रन एकेडेमीले भाग लिन लागेको भन्दै सेमीफाईनलसम्म पुगेको उनले बताए । मालपानी क्रिकेट ग्राउण्डमा हुने प्रतियोगितामा १६ टिमले भाग लिएका छन ।

 

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  १२ : ३७ बजे

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा