१२ असार २०८३, शुक्रबार | June 26, 2026

नेक्सस कप यु-१६ क्रिकेट प्रतियोगितामा भाग लिने वेष्ट्रन क्रिकेटका खेलाडी बिदाई



बुटवल । नेक्सस कप यु-१६ क्रिकेट प्रतियोगितामा भाग लिने रुपन्देहीको वेष्ट्रन क्रिकेट एकेडेमी बुटवलको खेलाडीलाई शनिबार बिदाई गरिएको छ ।

एक समारोहका बिच बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजु, वाणिज्य उपाध्यक्ष नरेश्वर पौडेल, बिन्दावासिनी ग्लास हाउसका संचालक दिपक बश्याल, पुर्व अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक बसन्त रेग्मीले वेष्ट्रन क्रिकेट एकेडेमीका अध्यक्ष भुवन पाण्डेले सामुहिक रुपमा जर्सी सावर्जनिक तथा खेलाडी विदाई गरेका हुन ।

संघका अध्यक्ष कसजुले क्रिकेट खेलमा बुटवलको गरिमा बढाउने काम एकेडेमीबाट भएको दाबी गरे ।

काठमाडाैंमा चैत १६ देखि ३१ सम्म चल्ने प्रतियोगिताको लागि रन्जित खड्काको कप्तानीमा अमन घिमिरे, आदित्य बन्जाडे, अस्फाक खान, अस्वीन न्यौपाने, सन्देश पन्थी, निरन्जन गुप्ता, उदय बोहोरा, सागर गैरे, सुभाष चौधरी, राहुल शर्मा, अर्पन तिमिल्सिना, असिम भुषाल, सन्देश वाग्ले छनौट गरि शनिबार विदाई गरिएको वेष्ट्रन क्रिकेट एकेडेमीका अध्यक्ष भुवन पाण्डेले बताए ।

एकेडेमीमा प्रशिक्षण लिदै आएका ४० जना खेलाडीहरुबाट १५ जना खेलाडी अन्तिम छनौटमा परेको उनले बताए । चौथो पटक वेष्ट्रन एकेडेमीले भाग लिन लागेको भन्दै सेमीफाईनलसम्म पुगेको उनले बताए । मालपानी क्रिकेट ग्राउण्डमा हुने प्रतियोगितामा १६ टिमले भाग लिएका छन ।

 

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  १२ : ३७ बजे

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको

सीमाविद् श्रेष्ठलाई भीमसेन थापा पुरस्कार

काठमाडौँ । राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्ष सीमाविद्